प्रेम सुनार, गुल्मी, २०७४ साउन १० । गुल्मीको एक गाउँपालिकामा जंगलमा मृत फेला परेका एक युवाको घटना छायाँमा पर्दै आएको छ । नेपाली कांग्रेसका एक जना वडाध्यक्षका उमेदवारका छोराको जन्म दिनको रात्रीभोजमा राती १२ वजे सम्म देखिएका र त्यसको दुई दिन पछि त्यसै स्थल नजिकै जंगलमा मृत फेला परेका मालिका गाउँपालिका वडा नम्वर–१ का १७ वार्षिय यमबहादुर श्रीसको मृत्यु घटना गुपचाप भएको हो ।
घटना यसरी सुरु हुन्छ
साविका नेटा गाविस ,हालको वडा नम्वर–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार ईन्द्रबहादुर घर्तिका छोरा निराज घर्तिको जन्म दिनको पार्टी मनाउँने तयारीमा असार ८ गते दिउँसै देखि भ्याई नम्याई थियो । पिता उमेदवार घर्तिलाई घरमा आएर एक गास खान खाने फुर्सद समेत थिएन् ।
चुनावी प्रचारको अनितम समयमा आई पुग्दा दिनमा पार्टी गर्ने फुर्सद पनि नभएकोले होला छोरा निरजले त्यस दिन राती घर देखि माथी तिखेचुली लेकको एक्लो जंगलमा रात्री भोजको आयोजना गरे ।
राती साढे १० वजेको समयमा कसैले हातमा साउण्ड सिस्टम , कसैले मादल बोक्दै त कसैले मदिरा र खुखराको मासु बोकेर झण्डै दुई दर्जनको संख्यामा युवा युवतीहरु एकआपसमा जिस्कीदै र चुनावी गफ गर्दैं उकालो लागेका थिए ।
छ सात जना युवती र दर्जन भन्दा बढि युवाहरु सहित त्यस तिखेचुली जंगलमा विहानपख सम्म डान्स पार्टी समेत चलेको त्यसै पार्टीमा सहभागी युवाहरु मध्येका एक साजन श्रीस्ले बताए । यमबहादुर श्रीस्लाई त्यस राती कति वजे सम्म देख्नु भएको थियो ? भन्ने प्रश्नमा उनले भने–‘ राती साढे १२ वजे सम्म देखेको थियौं , त्यस पछि कता गयो थाह भएन् । ’
उनले सहभागी मध्ये केहि विहानपख मात्रै घरतिर लागेको र कोही १२ बजे पछि तितरवितर भएकोले को कहाँ गयो ? भन्ने कुरा हेक्का राख्न नसकिएको बताए ।
त्यहाँ पुग्ने युवतीहरुले पनि यमबहादुरलाई त्यो समय सम्म देखे ÷ नाचेको त्यस पछि थाह नभएको जानकारी दिए । वाईसियल कार्यकर्ता श्रीस् असार ८ गते सम्म माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार जितबहादुर सुनारको चुनावी प्रचारमा हिड्ने गरेको सो पार्टीले जनाएको छ ।
घटना स्थलको प्रकृति
प्रत्यक्षदर्शीका अनुासार मृतकको पाईन्ट यथास्थान भन्दा धेरै तल झरेको थियो । माथी समथल स्थान देखि कहालिलाग्दो पहराको दुई सय मिटर तल उनको शव भेटिएको थियो । माथीबाट रुखको हाँगा भाँच्चीदै खसे जस्तो , ढाडमा चोट समेत भएको बताईएको छ । घटना स्लल र वाहिर निकाल्दाको तस्वीर समेत प्रहरी वाहेक स्थानिय संग भेटिएको छैन् । झुण्डीएर आत्मा हत्या गरेका तस्वीर समेत फेशवुकमा छ्यासछस्ती राख्ने यो जमना उनको भने कमै देखिएको बताउँ छन् स्थानियवासी ।
शंकाको विउःपोष्टमार्टम नगर्नु
घटना स्थल करिव एक घण्टाको दुरीमा पर्ने पौदीअमराई प्रहरी चौकीले पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लैजाने चासो नदेखाए पछि श्रीसको मृत्यु घटनाले आशंका उत्पन्न गरेको हो ।
घटना स्थल भन्दा करिव एक घण्टाको दुरीमा रहेको पौदीअमराई प्रहरी चौकीका प्रमुख राजकुमार यादवका अनुसार मृतकका पिता खड्कबहादुर श्रीसले आफु संग मृृतक छोराको पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लैजाने खर्च नभएको र उनले कुनै आशंका पनि नगरेर दाहसंस्कार गर्न मञ्जुरी जनाएका कारण पोष्टमार्टम गर्न नल्याईको हो ।
उनका वुवाले पनि पोष्टमार्टम गर्न नलैजाउँ भनेको र आफुहरुलाई पनि आशंका नलागेर उनिहरुलाई कागज गराई शव बुझाईएको हो , यादवले केहि दिन अघिको फोनमा भनेका थिए –‘ त्यस्तो केहि देखिएन । ’
तर आज यो समाचार लेख्दा लेख्दै समाचार फोन गरेर उक्त विषयबारे बोल्न भने आग्रह गर्दा भने उनले आफु नबोल्ने भन्दै फोन राखे । यता निमित्त जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेका र प्रवक्ता समेत रहेका डिएसपी महेन्द्र नेपाल पनि यस विषयमा आफु नबोल्ने बताए ।
उनले भने–‘ यो विषयमा म बोल्दीँन , एसपीसाव घर जानु भएको छ , उहाँ आएर मात्रै बोल्नु होला । ’
मचुल्कामा दलहरुलाई खवर नगर्नु
स्थानिय राजनैतिक दलका प्रतिनिधीहरुका अनुसार यस्तो घटनामा प्रहरीले त्यहाँका राजनैतिक दलहरुलाई मुचुल्का तयार गर्ने बेलामा बोलाएको थिएन् । माओवादी केनद्रका प्रतिनिधी तथा वडाध्यक्षका उमेदवार जितबहादुर सुनारले आफुहरुलाई प्रहरीले नवोलाएको र यस्तो घटनालाई पोष्टमार्टम गर्न लैजानु पर्ने बताए ।
एमालेका वडाध्यक्ष उमेदवार अमरसिंह पुनले पनि आफुहरुलाई जानकारी नै नदिई शव परिवारजनलाई बुझाईएको भन्दे दुख व्यक्त गरे । त्यति वेला सवै दलका मानिसहरु चुनावी चटारोमा भएकोले पनि उनको मृत्यु घटना छायाँमा परेको हुन सक्ने पुनको भनाई छ ।
नेपाली काग्रेसका उमेदवार तथा नवनिर्वाचित वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले मृतकका पिताले नै मेरा छोराको वानी–व्यवहार नै त्यस्तै थियो र म¥यो , पर्दैन पोष्टमार्टम गर्न लैजान भनेर प्रहरी संग हात जोडेका कारण होला सायद प्रहरीले पोष्टमार्टम गर्न नलगेको भन्ने प्रतिकृया दिए ।
उनले त्यस रात आफ्ना छोरा निरजको जन्म दिन भएको र उनि आफैले त्यस स्थानमा पार्टी गरेको बताउँदै त्यस भोज र उनको मृत्यु घटना संग कुनै सम्वन्ध नरहने बताए ।
रात्रि भोजमा वेपर्वाहा मदिरा
त्यस पार्टीमा सहभागीका अनुसार सुरुमै तिन कार्टुन वियर , दुई वोदल उच्च व्राण्डको मदिरा र दुई तिन वटा खुखराको मासु लगिएको थियो । पछि थपियो थपिएन ? भन्नेवारे धेरैले अनविज्ञता जनाए । कतिपय युवा युवतीहरु विहानपख सम्म झुमे थिए । एक आपसमा गाउने नाच्ने गरेर झुमेकाहरुले को कहाँ गयो मतलव नै गरेनन् ।
भोजमा जिम्मेवार मान्छे पनि थिए
त्यस भोजमा अल्लारे युवा युवती मात्रै थिएनन् । नेटा स्वास्थ्य चौकीका अहेवा सञ्जीव , शिक्षक वीरबहादुर श्रीस् , डोजर अपरेटर लगायतका पाका र जिम्मेवार व्यक्तिहरु पनि थिए । स्थानियका अनुसार ति सवै काग्रेस समर्थक थिए ।
यस कारणले पोष्मार्टम जरुरी
अघिल्लो राती त्यही स्थानको पार्टीमा यमबहादुर श्रीस देखा पर्नु र त्यसै स्थान नजिकै उनको शव फेला पर्नुले पनि प्रहरीका लागि अनुसन्धानको विषय बन्नु पर्ने त्यहाँका धेरैको धारण छ ।
प्रहरीको कर्तव्य कतै यस्तो पनि…
स्मरण रहोस त्यसै चुनाव ताका असार ३ गतेका दिन वामीटक्सारको रुद्रवती वहुमुखी क्याम्पस प्रङ्गाण भित्र सुतेको सतै अवस्थामा क्याम्पसको भवन निमार्ण गर्ने एक जना मजदुर मृतक फेला परेका थिए ।
बागलुङ दुर्गम गाउँका उनका परिवार र आफन्तजनले कालगतिले मरेका हुन् , उनि विरामी पनि थिए हामी शव बुझ्छौं , पोष्टमार्टम गर्न लैजाने हामी संग पैसा भने छैन भन्दै हात जोड्दा पनि त्यहाँको प्रहरीले पोष्टमार्टम नगरी हुँदैन भनेर शव सदरमुकाम ल्याएको थियो ।
श्रीस् मृत्यु घटनामा भने यस्तो
तर त्यस्तो आशंका गर्ने घटना देखिएको श्रीस्को शव भने उतै परिवारलाई कागजमा हस्ताक्षर गरेर बुझाउनुले छानविनको विषय बनेको छ । गोप्य विश्वस्त श्रोतका अनुसार जिल्लामा यो घटना गुपचुप हुने देखेर मृतका छिमेकीहरुले लुम्विनी अञ्चल प्रहरी कार्यालयमा बेनामी उजुरी दिएका छन् ।
त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा पनि पत्र आएको जनाईएको छ । प्रहरीले त्यहाँका विभिन्न पक्षलाई बोलाएर पनि सोध्ने काम गरिरहेको छ । यस घटना चुनावको मौनअवधी सुरु हुनै लाग्दा भएकोले सञ्चार माध्यमबाट समेत छायाँमा परेको हो ।
तस्वीरः मृतक यमबहादुर श्रीस् त्यसको घटनाका दुई दिन अघि माओवादी केन्द्रको चुनावी प्रचारका क्रममा तस्वीर खिचाउँदै