प्रेम सुनार, गुल्मी, २०७४ साउन ११ । असारे विकासको चर्को विरोध हुँदाहुँदै पनि रोकिएन । नरोकिनुले साउने विकासले पनि प्रशय पाउँदैछ । पहिरो गएको बाटो सोहर्ने नाममा स्तरबृद्धिमा परेका सडकहरुका भित्रपनि डोजरले कोपरिदैछ । डोजरको त्यो कोपराई जनताको जमिनमा नभएर छातीमा डोजर चलाईएको दुखाई बनेको छ । यो दु:खाई देशैभरका जनताको हो ।
तर आज हामी गुल्मीका तिनै दुखाईमा परेका वस्तीका जनताको पीडा उठान गर्दैछौं । सदरमुकाम तम्घास देखि उत्तर तर्फको रातडाँडा भञ्ज्याङ्ग , पेंगा , धरमपानी , मैदान सम्मको सडक असारे विकासका क्रममा करोडौं खर्चेर ढल नाली , पर्खाल निमार्ण र सडक चौडा पारेर खेल मैदान जस्तै बनाईएको थियो । झन यसपाली त चुनाव ताका परेकोले दलहरुलाई उसले होईन मैले र मेरै दलको पहलमा यो विकास भएको हो भनेर नाक ठाडो पार्ने खेलोखेती त्यही सडक बन्यो । तर चुनाव पनि सकियो , वर्षायाम पनि बढ्यो र त्यो हिजो देखाउने गरेको सडकको काम थात न थलो बनेको छ ।
अस्ती भर्खर बनाएको नाली , वाल पर्खाल कहाँ छ भनेर सडक देखि निकै तल पुगेकोले आँखा तन्काएर हेर्नु पर्ने अवस्था छ । ग्राव्रेलिङ्ग गर्ने भन्दै सडकमा विछाईएको गिटी वालुवा लगायतको सामग्री माथी अहिले खोलो बगेको छ र अधिकांश स्थानमा पहिरो र हिलोले पुरेको छ ।
यसरी असारको मुखमा आएर लगाईएको डोजरले राज्यको ढुकुटी वालुवामा पानी खनाए झै त पारी दिएको छ नै । यता जनताको मुखा परी सकेको मकै र धान खेति नष्ट मात्रै गरेको छैन पहिरोले कतिपयको घरवासै उठाई दिने हो कि भन्ने त्रासले रातमा निद्रा छैन् । भञ्ज्याङ्ग देखि पेंगा हुँदै उकाले लागे पछि मैदान सम्मका जनताका मकैवाली पहिररोले बगाएर पुरै नष्ट भएको छ । खेलीवाली संगै कैयौंका घर कटेरा जोखिममा परेका छन भने जंगलमा हुर्केका सल्लाका रुखहरु ढलेर वेहाल छ । मैदान देखि तल कुँवापानीको सिङ्गो टोल माथीबाट खसेको पहिरोले उच्च जोखिममा छ ।
मुसिकोट नगरपालिकाको वडा नम्वर ३ मा पर्ने साविकको पडागाउँ गाविसको पेंगा धरमपानी र मैदान वरवर मात्र होईन । हिजोको एउटै गाविस अहिलेको वडा नम्वर ४ को बडागाउँका कैयौं वस्ती पनि जोखिममा छन् । सम्पुर्ण राजनैतिक दल र उपभोक्ताहरुको तर्फबाट हामीले नेपाली कांग्रेसका क्षेत्रिय सदस्य एवं स्थानियवासी झविलाल भण्डारी संग त्यहाँका सडकहरुको अविगत बारे कुराकानी गरेका थियौं ।
ठाउँ ठाउँम बाढी पहिरोले सडक अवरुद्ध पारे संगै तम्घास सिमलटारी प्युठान सडक परियोजनाका ईन्जिनियर सव ईन्जिनियर र ओभरसियरहरुलाई यति वेला नघाम न पानी भन्नु छ । त्यसै बडागाउँका सडक खुलाउन पुगेका त्यस परियोजनाका प्राविधिकलाई अन्दस्र्पोर्ट भेटेर कुराकानी गरेका थियौं ।
वर्षायामको मुखमा आएर सम्झौता, असारको मुखमा आएर काम सुरु ।
काम भन्दा कति छिटो पैसा सकौं भन्ने होडवाजीका कारण यति वेला पैसाभरी धामीलाई व्यथा हामीलाई भन्ने उखान शिद्ध भएको छ । पहिला बरु उपभोक्ता जिम्मेवार बन्थे र कम मात्रमा राज्यको रकम दुरुपयोग हुन्थ्यो तर अहिले ठेकेदारहरुको मनपरी छ । त्यसो ज्वालन्त उदाहरुणका लागि हामी रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा पुगेका थियौं । हिउँदयाम मै त पहिरो खाडलका कारण घण्डौ गाडी जाम हुने त्यस सडक खण्डमा यो वर्षायाममा के हालत भए होला आफै अनुमान गर्नु होस् ।
विहान वुटवलबाट हिडे साँझ वामी टक्सार र वुर्तिवाङ्ग पुग्ने मालवाहक ट्रक वुटवलबाट हिडेको दुई दिन सम्म विचबाटा मै अलपत्र परेको हामीले भेट्टायौँ। डोजरले डोजर तान्ने र ट्रकले ट्रक तान्दा पनि हिलोबाट मालवाहक गाडीहरु निकाल्न नसकेर सुई–सुई , सुई काट्दै र पुम्पुरोमा हात लगाउँदै चालक दलहरु बसेको देखियो । साना यातायातका साधनहरु बढो मुस्कीलले आवत जावत गरेका छन् । तिनै पनि घण्टौं जाममा परेर यात्रुहरुले सास्ती खेपेका छन् ।
रिडी रुद्रवेणी वामीटक्सार सडक खण्ड वर्षऔं देखि पैसाभरी धामीलाई व्याथा हामीलाई हुँदा विज्ञानलाई विश्वास गर्ने कुनै एउटा सर्जक रुपी नेताले उपचार गर्न सकेका छैनन् । त्यस सडक स्तरोन्नती गर्न केन्द्रबाट रकम पार्ने मैं हुँ भनेर देशकै जिम्मेवार नेता एमालेका प्रदिपकुमार ज्ञवाली, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका पुर्व सभाषद सुदर्शन बराल सम्म मञ्चबाट फलाक्छन तर वर्षेनी राज्यबाट पर्ने करोडौ रकमको काम हिउँद लाग्गो कि वालुवामा पानी खनाए जस्तो किन हुन्छ ? भनेर ठेकदारहरु संग औला ठडाएको पाईएको छैन् । पुनः हेरौँ यष वर्ष मात्रै करोडौं खचिएको त्यस सडकको अविगत।।।।
यो राज्यको नीति , कार्यान्वयन पक्ष र दुरुपयोगका एकसेएक उदाहरण देख्दा उहि क्या, खै गाई ? –खोलाले बगायो !खै खोलो ? सुक्यो ! वालवालिकाहरुको यस्तो पाठ्य सामाग्री झै बनेको छ असारे विकासको व्याङ्गात्म्क समाग्री पनि । जस्तै, खै पैसा ?–मोटरबाटोले खायो । खै मोटर बाटो ? –पहिरोले लग्यो ! खै पहिरो ? डोजर लिन गयो । खै डोजर ? – आउन नसकी बस्यो । हो , डोजर आवस पनि कसरी ? असार मसान्त सम्मको भुक्तानी लियो । भुक्तानी भनिएको रकमको काम बाँकी भए आउला नत्र अर्को किस्ता कुरेर थक्नीएका छन् डोजरहरु ।
त्यति वेला देखिने छन डोजर र डोजरवालाहरु जव सम्झौता गर्ने उज्याला दिनहरु आउने छन र राज्यले यो वर्षायामको अँध्यारा दिनहरु देख्नु पर्ने छ । राज्यले मात्र होईन जनताले समेत अँध्यारा दिनहरु देख्नु परेको छ । यसर्थ असारे विकासका असरहरु रोक्न अव राज्यको मात्रै होईन जनताको पनि हो । जसलाई सवै मिलेर रोकौं ।