तनहुँ, २०७४ साउन १२ । फलामको हम्मर प्रहार गरी श्रीमती मारेको अभियोगमा मोरङ मधुमल्ल गाँउपालिका–३ घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगर डेरा गरी बस्ने २९ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले बुधबार आफ्नै ३५ वर्षीया श्रीमती बुद्धिमाया राईलाई फलामको हम्मरले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मत्यु भएको थियो ।
यसैवीच धारिलो हतियार खुर्पा प्रहार गरी आफ्नै पतिको हत्या गरेको अभियोगमा काभ्रे पनौती नगरपालिका–२ ठाडे बस्ने २६ बर्षीया लालु माया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । तामाङले घरायसी विवादमा ३१ बर्षीय पति काले भन्ने सन्तबहादुर तामाङलाई टाउकोमा खुर्पा प्रहार गर्दा उनको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।