घनश्याम गौतम, गल्कोट २०७४ साउन १३ । हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना तथा गल्कोट नगरपालिकाको समन्वयमा ९ दिवसीय गल्कोट घुम्टे महोत्सबको आयोजना गरिने भएको छ ।
आगामी भदौ २२ गते देखी असोज १ गते सम्म सञ्चालन हुने महोत्सवका बारेमा हिँजो एक पत्रकार सम्मेलको आयोजना गरी जानकारी गराईएको थियो । कार्यक्रमको बारेमा हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टका सचिब मोहन केसीले जानकारी खिँदै महोत्सबको लागी गनपा- ६ मजुवा फाँट (हटियाबजार पारी)मा लिजमा जग्गा लिएर महोत्सव स्थल ब्यबस्थापनको कार्य सम्पन्न भएको बताए ।
म्यानेजमेन्टले प्रर्यटन प्रबर्धनको तथा बिकासको लागी महोत्सवको आयोजना गरेको जनाएको छ । सामुदायिक रेडियो गलकोट एफ. एमको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा २० देखी ३० जना राष्टिय तथा चर्चित लोकदोहोरी कलाकारकारको प्रस्तुति रहने, खुल्ला भलिबल प्रतियोगिता, गलकोट डान्स च्याम्पियन लगाएतका प्रतियोगिताको आयोजना गरिएको केसीले जनाकारि दिए ।
महोत्सबमा करिब १ सय ५० देखी २ सय ब्यापारिक स्टल रहने, मनोरञ्जनाका लागी पीङ, झुला लगाएतको ब्यबस्था हुने आयोजक समिति सदस्य होम थापाले बताए । कार्यक्रम सञ्चालनको लागी आन्तरिक तयारीमा जुटेको बताउदै थापाले बिभिन्न समितिको गठन र कार्यक्रमको तालिका छिट्टै सार्बजनिक गने तयारीमा रहेको जानकारि दिए। महोत्सवले गलकोटको प्रयर्टन प्रबर्धन तथा सामाजिक बिकासमा टेबा पुग्ने बिश्वास लिएको छ । महोत्सवमा स्थानिय तथा बाह्य उत्पादन सामाग्रीको समेत प्रदर्शन गरिने जनाईएको छ ।