प्रेम सुनार, गुल्मी, २०७४ साउन १४ । कसैलाई एक्लै पत्रकारिता वा कलाकारिता थेग्न मुस्कील छ । तर मोफसलको राजधानी मानिने वुटवलमा एउटै व्यक्ति कृष्णबाबुले गत केहि वर्ष देखि पत्रकारिता र कलाकारिता दुवैलाई एकै साथ हाँकेका छन् । स्थानिय विभिन्न मिडिया र न्युज २४ टेलिभिजनका ब्युरो प्रमुख समेत रहेका कृष्णबाबु बुटवलमा पत्रकार मात्रै भनेर चिनिन्न मोडलका रुपमा समेत चिनिन्छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरी सकेका कृष्णबाबु यति बेला मौलिक तीजको शव्द संकलन र अभिनय गरेर चर्चामा छन् ।
गत वर्ष भंगेरी चरीलै मैदानमा लरी लरर.. जस्तो पुरानो पश्चिम नेपालको ठेट मौलिक तीज गीत बजारमा ल्याएर चर्चामा आएका कृष्णबाबु यसपाली पनि ‘नक्कल पारी नभने चल्ती आएको ’ वोलको अर्को मौलिक तीज गीत बजाएरमा ल्याएर चर्चामा छन् । एकातिर अखवारका पानामा र टेलिभिजनमा पनि पत्रकारितालाई निरन्तरता दिएका कृष्णबाबु दुवैतिर सफल हुने हुन वा दुई मध्ये एकमा मात्रै दुई भने हेर्न बाँकी छ ।
यसरी दुवै तर्फ व्यस्त कृष्णबाबु भन्छ्न् ‘मैले यी दुवै क्षेत्रको मोह त्याग्न सक्दिँन सफलता असफलता आफ्नो ठाउँमा रहला । ’
उनको उत्कृष्ट शव्द सिर्जनमा चर्चित गायक खुमन अधिकारी अनि शान्ता परियारको स्वरमा सजिएको नक्कल पा¥यो नभने चल्ती आएको वोलको तीज गीत यलि वेला हरेक जिस्कीनेहरुको हरेक सन्धर्वमा प्यारोडी बनेको छ भने युट्युव र चोकचोकमा निकै राम्रो बजार लिएको छ । चर्चित डान्सर तथा मोडल शंकर विसीको निर्देशन रहेको उक्त गितमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र आफै कृष्णबाबुको अभिनउ रहेको छ । सो गीतलाई बुलबुल मिडीयाले बजारमा लिएर आएको हो ।