खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ साउन १४ ।गल्कोट ताराखोला साविक तारागाविस वडान ९ मा जन्मिएकी फुलमाया केसी ताराखोलाबाट स एलसी उत्तीर्ष हुने प्रथम महिला हुन् । छोरीलाई पढाउन हुन्न भन्ने रुढीबादी परम्परालाई संघर्षले चिरेर अध्ययन गरेकी केसि १० बर्ष लामो अध्यापन पेसामा संलग्न थिईन ।
सानो उमेरदेखिनै लोक दोहोरी गीत गाउनमा अभिरुची राख्ने केसीले चैते दशैमा मेलामा सर्बोत्कृष्ट लोक दोहोरी गायिकाको पुरस्कार पाएकीईिन भने धेरै प्रतियोगितामा प्रथम स्थान लिन सफल केसी देशमा भएको दशबर्षे जनयुद्धले प्रभाव पारेको कारण उनी अध्यापनमा सदरमुकाम बागलुङ बजारमा आई केही समय अध्यापन गरेपछि फेरि गाउँमै अध्यापन गर्न जानुपर्ने भएपछि उनी काठमाडौ लागेकी थिईन । उनको गायन प्रतिभा देखेर धेरै शुभचिन्तकहरुले केसीलाई काठमाडौ गएर गायन पेसनमा लाग्ने सुझाब दिएका थिए । अन्तत केही समय पछी अध्यापन पेसा छोडेर २०६० सालदेखि झरना दोहारी साँझमा गीत गाउन थालेपछि आफ्नो सांगीतिक यात्रा औपचारिक रुप लिएको थियो ।
आफ्नो सांगीतिक प्रस्तुति दिने क्रममा पहिलो रेकर्डिङ गीत रिसाई छौ रे किनबाट सुरु गरि भन्नै भाछैन कुन चाहिले मोहनी लायो पत्तै पाछैन देखि बिस्तारै एक पछि अर्को गर्दै दर्जनौ गीत हालसम्म बजारमा सार्वजनिक भएका छन्, जसमध्ये चर्चित पन्चेबाजा गीत बाग्लुङ बजारमा बाघको सालिक, लोकल पोथी थेट झ्याउरे गितलाई पन्चेबाजामा गीत बजारमा सार्वजानिक भएका छन् । तीजगीत म फुलमाया र मनमायाको प्रसंग जोडिएको असाम बजारको लगायतका गीत बजारमा ल्याएकी केसीले अहिले पशुपति शर्माको शव्दलयमा केसीले तीजैमा जाचम्ला गाम्ला बजारमा लिएकी छन जसमा फुलमाया केसी र पशुपति शर्माको स्वर रहेको छ । संयोग डिजिटलले अडियो भिडियो बजारमा ल्याएको हो ।
चर्चित गायिका फुललमाया केसी सांगीतिक कार्यक्रमको शिलशिलामा जापान, कतार लगायतका देशहरुमा पुगेकी छन् । नेपालको विभिन्न स्थानमा पुगेर आफ्नो साँगीतिक प्रस्तुति दिएकी छ्।
हेरौ फुलमाया केसीको तीजगत तिजैमा नाचम्ला गाम्ला…..