Sorry, that menu does not exist.
 

विश्व शान्तिको लागि मानव जीवनमा आध्यात्मिकता महत्वपूर्ण: प्रजिअ पाण्डे

बागलुङ २०७३ माघ ५ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय ,बागलुङ व्दारा पिताश्री ब्रह्मा बाबाको ४८ औं स्मृृति दिवस तथा अव्यक्त आरोहण (विश्व शान्ति दिवस) को अवसरमा श्रद्धान्जलि तथा योग तपस्या कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकी सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डे, २३ नम्वर बाहिनी अड्डाका बाहिनीपति कृष्ण बहादुर गुरुङ, स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, कर्णेल कृष्ण आचार्य, राजनीतिकर्मी मना केसी, चण्डीप्रसाद शर्मा, दुर्गादत्त आचार्य, राजेन्द्र आचार्य, संचारकर्मी प्रकाश बराल लगायत संस्थाका नियमित विद्यार्थीसमेत १५० जनाको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमा प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्व शान्तिको लागि मानव जीवनमा आध्यात्मिकताको अति नै महत्व रहेको भन्दै यस संस्थाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

संस्थाकी संचालिका सावित्री दिदीले स्मृति दिवस एवं ब्रह्मा बाबाको जीवन चरित्र तथा संस्थाले समाज एवं विश्व शान्तिका लागि गदै आएको महत्वपूर्ण कार्यमा प्रकाश पारेकी थिईन ।
कार्यक्रममा स्वागत मंतव्य ब्रह्माकुमार श्रीकृृष्ण शर्माले गरेका थिए भनेसंचालन ब्रह्माकुमार योगनाथ कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply