Sorry, that menu does not exist.
 

गल्कोटको खेतीयोग्य समथर जग्गा, घडेरीका लागी प्लटिङ गर्न नगरपालिकाव्दारा रोक

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन १५ । गल्कोट नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गर्नेक्रम बढेपछी गलकोट नगरपालिकाले जग्गा प्लटिङमा रोक लगाएको छ । एकै वर्षमा तीनखेती सम्म हुँदै आएका गल्कोट उपत्यकाका समथर फाँट मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रमः बढेको भन्दै नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने बताएको हो ।

गलकोट नगरपालिकाको बिशेष बैठकले दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, मल्म, काडेबास, पाण्डवखानी, रिघा गाविस गाभेर नगरपालिका घोषणा गरेपछि खेतीयोग्य जमिन मासेर अव्यवस्थित रुपमा प्लटिङ गर्न थालेकाले प्लटिङमा रोक लगाइएको नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।

‘‘खेतीयोग्य जमिन प्लटिङ गरी घर, घडेरी बिक्री गर्ने होइन । त्यस्ता जमिनमा कृषिजन्य बालीे उत्पादन वृद्धि गर्नुपर्छ’’ उनले भने– ‘‘जथाभावी जग्गा प्लटिङ गर्न दिदैनौँ । ’’ ‘जथाभावी प्लटिङ हुँदा पूर्वाधार विकासमा समस्या देखिएको छ, सहरीकरणको योजनामा पनि असर पर्छ,’ सुवेद ीभने । गलकोटमा बिशेष गरि गलकोट नगरपालिका वाड नम्बर ६ को मजुवा फाँटमा प्लटिङ हुने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

तस्वीर: बालकृष्ण सुवेदी, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply