Sorry, that menu does not exist.
 

हरितालिका तीजमा बागलुङ सदरमुकाममा १६ दिन सम्म लगातार तीजी कार्यक्रम गरिने

विजय राना, बागलुङ २०७४ साउन १५ । हरितालिका तीजको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले भदौ ५ र ६ गते खुल्ला तीजगीत प्रतियोगिता आयोजनागर्ने निर्णय गरेसँगै बागलुङ सदरममुकाममा यहि साउन २० गते देखी भदौ ६ गते सम्म १६ दिन लगातार तीजी कार्यक्रमहरु हुने भएका छन् ।

गुठी व्यवस्थापन समितिले राष्ट्रिय तथा स्थानीय कालाकारको प्रस्तुति रहने सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याउने महिलाहरुलाई समेत सम्मान गरिने जनाएको छ ।

कार्यक्रमको लागि लोक तथा दोहोरी गीत प्रतिष्ठन, चार तारे युवा क्लव, महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जैमिनी नगर पालिका, जिल्ला खानेपानी, धौलागिरी अञ्चल बस व्यवसायी समिति, सिर्जनशील नारी समाज, रुद्रेपिपल टोल संरक्षण समिति, घरेलु उद्योग महासंघको सहआयोजना रहनेछ ।

यसैवीच जिल्ला खेलकुद बिकास समिति र जिल्ला भलिबल सघं बागलुङको संयुक्त आयोजनामा साउन २० गते देखी ३१ गते सम्म खेलकूद, सांस्कृतिक एबं तीज महोत्सव हुने जनाएको छ भने बाउवा संघको महिला उद्यमी विकास समितिले भदौ १ गते देखी ३ गते सम्म बागलुङ सदरमुकाममा तीज महोत्सव २०७४ को आयोजनागर्ने उद्घोष गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply