थम्मन थापा सन्देश, गल्कोट २०७४ साउन १६ । नाँच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले आगामी भदौ ८ गते हरितालिका तीजको दिन तीज उत्सव गर्ने निर्णय गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजले प्रत्येक वर्ष तीज कार्यक्रम गर्दै आईरहेको छ ।
मल्मको एेतिहाॅसिक स्थल नाँच्ने डाॅडामा हुने तीज गीत प्रतियोगिता कार्यक्रममा प्रथम पुरस्कार नगद रु १० हजार, द्वितिय पुरस्कार नगद रु ७ हजार, तृतिय पुरस्कार ५ हजार र सान्तवना नगद रु २ / २ हजार प्रदान गरिने समाजले जनाएको छ । त्यस्तै महिला समाजसेवी, वयोवृद्वालाई अभिनन्दन कार्यक्रमलाई पनि निरन्तरता दिने बताईएको छ ।
कार्यक्रमलाई सफल पार्न आर्थिक व्यवस्थापन कसरि गर्ने भन्ने विषयमा समेत छलफल भएको छ । त्यस्तै दर्शकहरुलाई सहज होस भन्ने हेतुले कार्यक्रम स्थल व्यवस्थापनको लागि सल्लाहकार सदस्य ज्ञान बहादुर थापालाई जिम्मा प्रदान गरिएको छ । अर्को बैठक आगामी साउन २० गते गर्ने बताईएको छ । बैठक नाच्ने डाॅडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।