बागलुङ, २०७३ माघ ५ । नेपाली काँग्रेसका सांसद प्रकाश शर्मा पौडेलले धौलागिरीमा निर्माण गर्ने भनिएको नेपाल टेलिकमको २१ वटा विटिएस टावर तुरुन्त निर्माण गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको विकास समितिको बैठकमा दुरसञ्चार सेवा सञ्चालन सम्बन्धी छलफल कार्यक्रममा भाग लिँदै पौडेलले विगत ४—५ वर्षदेखि विद्युत पोलमा विटिएस टावर राख्दा सेवा प्रभावित भएको भन्दै तत्काल टावर निर्माण गर्न माग गरेका हुन् ।
उनले धौलागिरीमा टू—जी सेवा समेत प्रभावकारी नभएको भन्दै सेवालाई गुणस्तरीय बनाउन आग्रह गरे । पौडेलले भएका सेवालाई प्रभावकारी र ग्राहकलाई सहज रुपमा उपभोग गर्न सक्ने बनाएर नयाँ सेवाहरु थप्दै जान सुझाव दिएका थिए ।