२०७२ बैशाख १२ गतेको महाभूकम्पमा हजारौँ नेपालीहरुको ज्यान गयो भने हजारौँ नेपालीहरु घरबारविहीन छन् । अझ उनिहरुले समुचित राहत नपाएर छटपटाई रहेको अवस्था छ ।
अर्कोतिर महाभूकम्पले तहस नहस पारेको विश्व सम्पदा सूचिमा सूचिकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका भौतिक संरचनाहरुको पुननिर्माण हुन सकेको छैन । नेपालको अन्य भूभागको नभै राजधानीकै कुरा लिउँ विश्वको आकर्षण रहेको बसन्तपुर स्क्वायरमा रहेका पुरातात्विक एवं ऐतिहासिक महत्वका भौतिक संरचनाहरु काठको टेको लगाएर अडाएको अवस्था छ ।
केहि वर्ष पहिले सम्म बाह्य एवं आन्तरिक पर्यटकहरुको आकर्षण बनेको बसन्तपुर स्क्वायर जहाँ मानिसको भीडले आवत जावत गर्न समेत धौ हुन्थ्यो तर अहिले सीमित मात्रामा आन्तरिक पर्यटकहरु आउने गरेको देखिन्छ । विदेशीजनको त एकदमै पातलो उपस्थिति थियो । एक विदेशी महिला आँखा चिम्लेर गितार सित गीत गाउँदै थिईन् । कसैकसैले उनको गीत सुनेर पैसा दिएको नि देखियो ।
कता काठको टेकोले अडाएका भवनहरु ढलेर अर्को बित्यास पार्छकि भन्ने सन्त्रास त्यहाँ घुम्न आउनेहरुमा देखिन्छ । बसन्तपुर स्क्वायर घुमाउन आफना बालबालिका लिएर आएका एक दम्पतिले नेवारी भाषामा भनेका थिए, उता नजाउ नानी हो घर भत्किएला, वरैदेखी हेर….. ।
यसरी काठको टेकोले कति सम्म अडिएलान यी भवनहरु ? जतिसक्यो चाँडो यी ऐतिहासिक पुरातात्विक संरचनाहरुको मर्मत संभार गर्नु जरुरी थियो तर सराकोरवालाको ध्यान गएको देखिन्न ।
‘यो धरापमा कसलाई पार्न खोजेको होला ?’ एक जना बुज्रुक भन्दै थिए, त्यत्तिकैमा एकार्का आगन्तुकले भने, ‘नेपाल नै अरुको टेको (सहयोग) कै भरमा त अडिएको छ नि …. !’
धन्य हो नेपाल !
२०७४ साउन २२ ।
काठमाडौँ ।
साताको तस्वीर : काठको टेकोले अडिएको काठमाडौँ !
२०७४ श्रावण २२, आईतवार १७:१९
Full Slider, Top News, अन्य समाचार, विचित्र
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०