छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ साउन २२ । निसीखोला गाउपालिका १ साविक देविस्थान गाविसको हुल्दी गाउँ अविरल वर्षा पछी अस्ति आएको भीषण पहिरोले गाउँ नै विस्थापित भएपछी बिद्यालय बन्द भएको छ । १ सय १३ जना विद्यार्थी अध्ययन गर्ने रसानन्द प्राविमा आज आईतवार एक जना विद्यार्थीपनि पढन नआएपछी विद्यालय १० दिनकालागि बन्द गरिएको विद्यालयका शिक्षक बलिन्द्र मल्लले बताए । दशै तिहार बिदाको समयमा कक्षा सञ्चालन गर्ने गरी बिद्यालय बन्द गरिएको हो ।
भीरालो जमीन त्यस्मापनि पहिरो नरोकिएर धुजाधुजा परेकोले हुल्दी गाउँको बुढा, पाका, केटाकेटी सबै सुरक्षा खोज्दै गाउँ देखी माथी दहको लेकमा बसाई सरेका छन् । आज दिउँसो गाउँलेहरु आएर आफना सरसामान लगेर लेकमा फर्किएको स्थानीयले बताए । अन्नपात घरमै छोडेर भागेकाहरु हिँजो र आज गरी गाँउमा आएर अन्नपात ओसारी सकेका छन् ।
हाल गाँउका अति अशतm र बृद्धबृढा गरी पाँच जनामात्र सोहि बिद्यालयमा गएर बसिरहेका छन् । अरु सबै गाँउले बालबच्चा, पशुचौपाया ,अन्नपात सबै लीएर घरमा लाल्चा लगाएर लेकमा बसाई सारेका हुन् ।
घर भत्किएर आमाको ज्यान गुमाएका लाल बहादुर सिँजालीको परिवार समेत पहिरोले असर नगर्ने स्थानमा आफन्तीको घरमा बसेर किरीया गरिरहेका छन् ।
झण्डै ३ सयको संख्यामा स्थानीयहरु दह लेकको सार्वजनिक चौरमा छुट्टाछुट्टै त्रिपालको टहरा बनाएर बसिरहेका छन् । दहमा आकासे पानी जम्ने गरेका कारण मानिस तथा पशुचौपायाले सोहि स्थानको पानी पियर उतm क्षेत्रमा अहिले ३ सय बढि मानिस बसिरहेका हुन् ।
लामो समय सम्म जँगलमा बस्दा बिभिन्न सरुवा रोग लाग्न सक्ने र महिला तथा बालबालीका असुरक्षित हुने सम्भावना रहेपनी जनताको बाध्यता रहेको निसीखोला गाँउपालिका वडा नँ १ का अध्यक्ष ईन्द्र मल्लले बताए ।
हुल्दीका जनतलाई बिगत देखिनै पहिरोको समस्या रहँदै आएको र यस पटक समेत समस्या खेप्नु परेका कारण दिगो तवरले बस्तीनै अन्यत्र सार्न आबस्यक पहल कदमि अगाडि बढाउनु पर्ने अबस्था सृजना भएको मल्लको भनाई छ ।
त्यस्तै गाँउपालिका प्रमुख तारानाथ पौडेलले घटनामा उपस्थित हुन नसकेको र आज जिल्लाबाट गाउपालिकामा फर्किदै गर्दा घटना स्थलको अध्ययनगर्दा निकै जटिल समस्या रहेका कारण गाँउपालिकाको बैठक बसेर मृतक र घर भत्किएका परिवारलाई राहतका कार्यक्रम अगाडि बढाउने बताए ।
हुल्दीको गाँउनै बिस्थापित भईसकेका कारण तत्काल त्यस गाँउका जनतालाई अन्यत्र ब्यबस्थित तवरबाट स्थानान्तरण गर्न सक्ने अबस्था नभएका कारण अन्य निकायसमक्ष आाबस्यक पहलका लागि आग्रह गर्नेपनि उनले बताए ।