सुमन जि.सी, बागलुङ २०७४ साउन २३ । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन)ले सहकारी संस्थाहरुले उत्पादन, व्यवसायीकरण र रोजगारीको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् ।
छैंठौ सास्कृतिक खेलकुद एवम् तीज महोत्सव २०७४ को उद्घाटनका लागि बागलुङ आएको क्रममा जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आयोजना गरेको स्वागत तथा अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले यस्तो बताएका हुन ।
देशको अहिलेको ठुलो समस्या भनेको युवा शक्ति विदेश पलायन रहेकाले यसलाई रोक्नका लागि सहकारी तथा नीजि क्षेत्रहरुले युवाहरुलाई श्रोत र साधानको पहिचान मार्फत देशमै रोजगारी सिर्जना तथा उत्पादनका क्षेत्रहरुमा संलग्न गराई स्वदेशमै कार्य गर्ने बातावरण सिर्जना गरी राज्यलाई सहयोग गर्नुपर्ने बताए ।
मन्त्री केसीले राज्यले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना र व्यवसायीकरण गर्नका लागि नेपालमा पहिलो पटक युवा विकासको क्षेत्रमा सघन काम गर्ने उद्देश्यले युवा परिषदको गठन भएको बताए ।
फरक प्रसंगमा मन्त्री केसीले बागलुङ जिल्ला पर्यटकीय र धार्मिक स्थलहरुले भरीपूर्ण रहेकाले यहाँको विकास तथा बागलुङका जनताको जीवनस्तर बृद्धिका लागि यी क्षेत्रहरुको व्यापक प्रचार प्रसार गरी आन्तरीक तथा वाह्य पर्यटकहरु भित्रयाउन जरुरी रहेको बताए ।
बागलुङ जिल्लामा अहिले पनी यहाँको उत्पादनले ६० देखि ७० प्रतिशत खाद्यन्न बाहीरबाट आयत गर्नुपर्ने अवस्था भएकाले जिल्लामा यति धैरै उत्पादन योग्य भुभाग हुँदा हुदै बाहिर देखी आयत गर्नुपर्ने बाध्यता रहेकाले खाद्यन्नमा आत्मनिर्भर हुनका लागि कृषि व्यवसायलाई आधुनीकरण र व्यवसायीकरण गराउनुपर्ने मन्त्री केसीको भनाई थियो ।
कार्यक्रममा अवसरमा सांसद प्रकाश शर्मा पौडेलले सिवाईसी सहकारी मार्फत गरेका कार्यहरुको प्रशंसा गरेका थिए । अन्तरकृया कार्यक्रममा संस्थाको बारेमा अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए । सोही अवसरमा संस्थाको तर्फवा मन्त्री के.सीलाई सम्झनाको चिनो समेत प्रदान गरिएको थियो ।