Sorry, that menu does not exist.
 

बागलुङमा गाईजात्रा पर्व : आज देखी कृष्णाष्टमी सम्म विभिन्न कार्यक्रम गरी मनाईदै

बागलुङ २०७४ साउन २४ । आज गाईजात्रा, विगत एक वर्षावधिमा दिवंगत भएका आफन्तहरुको संझनामा उनिहरुको आत्माको चीरशान्तिको कामना गर्दै बागलुङ सदरमुकाम लगायत गल्कोटको हरिचौर र हटिया, ग्वालिचौरको खार, भिङगिठेको खाल, बुर्तिवाङ बजार, कुस्मीसेरा, बलेवा नारायणस्थान अन्य बजार क्षेत्रहरुमा समेत मनाईदै छ । खास गरी यो गाईजात्रा पर्व नेवारबस्तीहरुमा विशेषरुपमा मनाउने गरिन्छ ।

बागलुङ बजारको नारायणस्थान, बुद्धचोक, राधाकृष्ण मन्दिर आदि स्थानबाट आज देखी गाईजात्राका कार्यक्रमहरु सन्चालनमा आएका छन् । आज विहानै नारायण स्थानबाट मृतकहरुको स्मृतिमा तायमचा निकाली बजार परिक्रमा संँगै बागलुङ बजारमा गाईजात्रा पर्वको शुभारम्भ गरिन्छ । गाईजात्रा पर्व आज देखी आगामी कृष्णाष्टमी सम्म जारी रहन्छ ।

यसावधिमा रोपाई नाँच, जोगीनाँच, लाखे नाँच, आदि निकाल्ने गरिन्छ । बागलुङ बजारमा गाईजात्राका अवसरमा मन्चन गरिने विभिन्न प्रकारका नाँच .कार्यक्रम)हरु यस क्षेत्रकै राम्रो मानिन्छ ।

लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिदै आएको छ ।

तस्वीर सौजन्य : हिमालय प्रकाश श्रेष्ठ, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply