Sorry, that menu does not exist.
 

गाईघाट झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बिशेष छलफल

थम्मन थापा सन्देश, बागलुङ (ताराखोला)२०७४ साउन २६ । ताराखोला गाउपालिकाको आयोजनामा गाईघाटमा आम भेला सम्पन्न भएको छ । भेलाले गाईघाटलाई पर्यटकीय क्षेत्रको रुपमा कसरी अगाडि बढाउने, भौतिक पुर्वाधारको ब्यवस्था लगायतका बिषयमा बिशेष छलफल गरेको छ ।

ताराखोला गाउपालिकाको पर्यटकीय स्थल गाईघाटको महत्व बढ्न थालेपछि त्यसको पुर्वाधार निर्माणमा बिशेष जोड् दिने गाउपालिका प्रमुख प्रकाश घर्तिले बताए । घर्तिले स्थानियको राय, सुझाव, सल्लाहका आधारमा गाईघाटको बिकासलाई अगाडि बढाउने बताए ।

घर्तिले झरना ब्यवस्थापन प्रमुख समस्या भएको भन्दै भेलाबाट गठित समितिले झरनाको ब्यवस्थापन सँगै पर्यटकिय, धार्मिक रुपमा कसरी अगाडि बढाउने भन्ने बिषयमा ध्यान केन्द्रित गर्ने बताए । उक्त कार्यमा ताराखोला गाउपालिकाले समितिसँग समन्वय गर्ने उनको भनाई छ ।

सम्पन्न भेलाले पुर्ण बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय गार्ईघाट क्षेत्रबिकास समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डिलकुमारी घर्ति, सचिवमा डम्बर बहादुर थापा, सहसचिवमा मन बहादुर लामिछाने, कोषाध्यक्षमा पदम बहादुर खत्री रहेका छन् । समितिको सदस्यहरुमा ईन्द्र बहादुर लामिछाने, कृष्ण प्रसाद गैरे, सिता सापकोटा, दिल बहादुर घर्ति, भुमिकला नाउसा, लिलामाया बिक, कमला बिक र जितमाया सापकोटा रहेका छन् । ।

भेलाबाट गठित समितिको पहिलो बैठकले साउन २८ गते प्रारम्भिक योजना बनाई सार्वजनिक गर्ने र त्यसलगतै काम अगाडि बढाउने समितिका अध्यक्ष पुर्ण बहादुर थापाले जानकारी दिए । कार्यक्रममा डम्बर थापा, सञ्जय कुमार श्रेष्ठ, पुरन थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्तिको अध्यक्षता, गाउपालिका सदस्य तेजुमाया भण्डारी परियारको स्वागत मन्तब्य र वाड नम्बर ४ का अध्यक्ष जित बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply