बागलुङ २०७४ साउन २६ । बागलुङ काठेखोला गाउँपालिका तंग्राममा प्रविणा थापाको अध्यक्षतामा ३५ सदस्यीय परिसूचन बालक्लव गठन गरेको छ ।
तंग्राममा रहेको धारा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विहिबार भएको भेलाले बालक्लव गठन गरेको हो । भेलामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गराउने तथा पठन बानिको विकास गर्ने उद्धेश्य सहित परिसूचन साप्ताहिकको पहलमा बालक्लव गठन गरिएको होे ।
क्लवको उपाध्यक्षमा जीवन विक, सचिवमा शान्ति पुन, सह–सचिवमा कदम कुमारी थापा र कोषाध्यक्षमा पूजा पुन रहेका छन् ।
सल्लाहकारमा शिक्षक कर्णबहादुर पुन र तल्सिमा पुन रहेका छन् ।
कार्यक्रममा परिसूचन साप्ताहिकका कमल रानाले सहजिकरण गरेका थिए । रानाले बालक्लवको महत्व, त्यसको लक्ष तथा उद्धेश्य, बालक्लवको भूमिका लागयतका विषयमा सहजिकरण गरेका थिए ।