पुर्णभद्र निउरेर/खगेन्द्र विश्वकर्मा, बागलुङ (ताराखोला) २०७४ साउन २६ । तारा खोला गाउँ पालिका वार्ड न ४ को वार्ड भेला आज सम्पन्न भएको छ । भेलाले आगामी असोज १५ भित्रमा ४ न वडालाई पूर्ण सरसफाइ युक्त वडा घोषणा गर्ने निर्णय गरेको छ । करिब ३२० घर धुरी रहेको वार्ड न ४ मा अधिकांश घर परिवारमा धुवा रहित चुलोको प्रयोग , पक्की शौचालय , चाङ , घर आगन तथा बाताबरणिय सरसफाइ र आनिबानी परिबर्तन जस्ता आधारभुत सरसफाइ का सुचकहरु पूरा हुन लागेकाले पूर्ण सरसफाइ युक्त वडा घोषणा गर्न लागिएको हो ।
अब केही दिन भित्रमा सरसफाइका आधारभुत सुचक पूरा नगरेका घर परिवार को तथ्यांक संकलन गरि भदौ मसान्त सम्ममा घोषणाका लागि सम्पूर्ण आधार तयार गरिने र असोज १५ भित्रमा घोषणा गरिने वडा अध्यक्ष जित बहादुर खत्री ले जानकारी दिए ।
सो अबसरमा जिल्ला समन्वय समितीका वास सहजकर्ता मेनुका पुनले मन्तव्य ब्यक्त ब्यक्त गरेकी थिईन। भेलामा ताराखोला गाउँपालिका को आ ब २०७५र७५ मा वार्ड न ४ का विविध शिर्षक मा बिनियोजित बजेट को बारेमा समेत वार्ड अध्यक्ष जित बहादुर खत्री ले जानकारी गराउदै योजना सम्झौता , उपभोक्ता समिती गठन र कार्य प्रारम्भ जस्ता कुराहरु प्रष्ट पारिएको थियो । भेला वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता र सामाजिक परिचालक भिमा रोकाको संचालन मा सम्पन्न भएको थियो।