बागलुङ विविधताले भरिएको जिल्ला हो भन्ने बास्तविकतासंग कसैको बिमति हुन सक्दैन । प्राकृतिक सौन्दर्यको रमणीय भण्डार त बागलुङ हो नै, यहाँको सँस्कृति, सँस्कार र परम्पराले यहाँको जनजीवनलाई पनि उत्तिकै सुन्दर र मीठासपूर्ण बनाएको छ ।
ढोरपाटन सुर्तिवाङको लेकमा पाईने चरा । तस्वीर- श्याम गैरे ।
जिल्लाको सुदूर पश्चिमको भुजेलढोर या निसेलढोर (ढोरपाटन उपत्यका) होस या पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङ या सोलेको धुरीसंग जोडिएको लाममेला तमान या जिल्लाको दक्षिण बलेवा, थन्थाप र त्यहाँको व्यापारिक केन्द्र कुस्मीसेरा वा रिघा, पाण्डवखानी समेटिएको जिल्लाको मध्यभूभाग गल्कोट उपत्यका होस, बडीगाड खोला किनारको ग्वालिचौर खर्वाङको होस या दरमखोलाको सिरान ताराखोला (तारा, अर्गल, हिल) नै होस या सल्यान सुखौरा, सबैको आआफनै विशेषताका कारण बागलुङ सबै (आन्तरिक एवं वाह्य पर्यटक)का लागि आकर्षक गन्तव्य बनेको छ ।
बलेवा विमान स्थलमा दुई युवती । तस्वीर- शान्ति पुन ।
जिल्लामा रहेका थुप्रै पर्यटकीय स्थानहरु प्रचार प्रसारको अभाव र सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा रहेका छन् । अरुको कुरा छोडौं, महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको ढोरपाटनमा सन्चार सेवा टीठ लाग्दो छ । मुलुकको एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन जसको सुरक्षाका लागि नेपाली सेनाको गुल्म रहेको छ, त्यहाँ सन्चार सम्पर्कको समुचित सुविधा छैन । घाम लागे नेपाल टेलिकमको स्याटलाईट टावरले काम नगर्दा सन्चार सम्पर्क टुट्छ भने अन्य समयमा पनि टावरले राम्रो काम नगरेर स्थानीयवासी आजीत परेका छन् ।
बोवाङको प्राचीन स्थानीय नृत्य । तस्वीर- किरण आचार्य ।
यहाँ हाम्रा सहकर्मीहरु किरण आचार्य (फोटो सम्पादक), नवीन सर्वुजा, सुवास पन्त, श्याम गैरे, शीला पन्त, बालकृष्ण सुवेदीहरुबाट खिचिएका तस्वीरहरु प्रस्तुत गरिएको छ । जस्ले बागलुङको रमणीयतालाई निहार्न केहिमात्रामा भएपनि सहयोग पुग्ने विश्वास लिईएको छ ।
ठुलो तस्वीर: गल्कोट नगरपालिका ठुलो रिघाको रमणीय दृश्य । तस्वीर- नवीन सर्वुजामगर ।
तमान खोलामा माछा मार्दै एक जलारी । तस्वीर- सुवास पन्त ।
दुदिलाभाटीको रमणीय दृश्य । तस्वीर- लक्ष्मी कुमाल ।
ढोरपाटनको देउराली । तस्वीर- शीला पन्त ।
अधिकारीचौका दुई बालिकाहरु । तस्वीर- किरण आचार्य ।
गल्कोट हरिचौरको मजुवा फाँट । तस्वीर- बालकृष्ण सुवेदी ।
बागलुङ बजारमा गर्मी मौसममा पंखा चलाउदै एक युवती । तस्वीर- शान्ति पुन ।
ताराखोलामा चर्खेपीङ खेल्दै । तस्वीर- बालकृष्ण सुवेदी ।
निसीखोला गाउपालिका-४ को रमणीय गाउँ झिम्पा । तस्वीर- डम्मर बुढामगर ।
केहि वर्ष पहिले अधिकारीचौर खुला दिसामुक्त गाविस घोषणा कार्यक्रमको एक दृश्य । तस्वीर- धौलाश्री ।
गाउँघरमा तरकारी (फर्सी)को जोहो । तस्वीर- किरण आचार्य ।
बागलुङको प्रशिद्ध हनुमान नाँच । तस्वीर- किरण आचार्य ।
पर्वत कुस्मा देखी बागलुङ नगरपालिका कैया जोड्ने पुल । तस्वीर- धौलाश्री ।
बागलुङ २०७४ साउन २७ ।