कमल पौडेल ‘अनुरागी’, बागलुङ (खर्वाङ) २०७४ साउन २९ । साउन २७ गतेको मध्य रात पछी गएको बिजुली अहिले सम्म आएको छैन । अबिरलवर्षाका कारण बाढी पहिरोले दगातुंडाडा गिरिंदी खोला जलविद्युत आयोजनाको मुहान र कुलो (नहर) पुरेपछी बिद्युत वितरण अवरुद्ध बनेको हो ।
एकातिर अबिरल वर्षा र बाढी-पहिरोले बाटो/सडक अस्तव्यस्त बनेको अवस्था अर्कोतिर दुई दिन देखी वितरण बन्द भएपछी साविक दगातुंडाँडा गाविसको जनजीवन नराम्ररी प्रभावित बनेको छ । उद्योग/धन्दा बन्द छन, सन्चार क्षेत्र ठप्प छ । अन्धकारमय जीवन विताउन बाध्य छन् स्थानीयवासी । मोबाईल चार्ज गर्न नपाएर सम्पर्क विच्छेद भएपछी त झनै सास्तीको अनुभूति गरिरहेका छन यहाँको नागरिक ।
खासगरी छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारको दरमखोला तल्लो र उपल्लो विद्युत आयोजना दुबै बाढी पहिरोले पुरिएर आधा मुसिकोट अन्धकार बनेपछी दरम वारीपारी गरेर मोबाईल चार्ज गर्न नपाउदा थप समस्या परेको हो । अहिले खर्वाङ बजारवासीलाई ग्वालिचौर खारबजार सम्म मोबाईल चार्ज गर्न जानु पर्ने बाध्यता छ ।
आज दिनभरीमा गिरिँदी विद्युत आयोजनाको नहर सफाई गरेपछी विद्युत सप्लाई हुने आशामा स्थानीयवासी रहेका छन् ।