बिमल खडका, बुर्तिवाङ २०७४ साउन ३१ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नम्बर ७ र ६ का करिब ६०० सय घरधुरी बाल्दै आएको भिङगाड पहिलो जलविद्युत आयोजना पहिरोले बगाएपछि अध्यारो बस्दै आएका थिए तर आजबाट उज्यालोमा बस्न पाउने भएका छन ।
हिजो बसेको उपभोक्ता र समित सगँको बैठकमा नजिकै रहेको ८५ किलोवाटको भिङगाड तेस्रो लगुजलबिधुत सगँ सम्झौता गरि अस्थायी रुपमा बिजुली ल्याई बाल्ने सम्झौता भएको छ।
हिजोको बैठको बारेमा बिस्तृत बताउदै भिङगाड प्रथम लगुजलबिद्युतका अध्यक्ष हेमराज चालिसेले भने उक्त आयोजनालाई ३ लाख घरौटी दिई अस्थायी रुपमा बिजुली बाल्ने सम्झौता भएको छ । केहि ठाउमा पोल फेर्नु पर्ने भएकाले आज साझ सम्म उपभोक्ताको घरमा बिद्युत पुर्यााउने गरि काम भएको बताए ।
१० युनिट बराबर ८० रुपैया महसुल तिर्ने र बाकी प्रति युनियन १० रुपैयाको दरले महसुल तिर्ने गरि सम्झौता भएको उनको भनाई थियो ।
६ सय घरधुरीलाई नै करिब ३५ किलोवाट बिद्युतले पुग्ने अनुमान गरिएको छ यदि भएन भने लोडसेडिङ गराएर भएपनि बिद्युत सबै उपभोक्ताको घर घरमा बाल्ने योजना रहेको अध्यक्ष चालिसेले बताए ।
गत आईतबार ठुलीचौरको पहिरोले ४२ किलोवाटको भिङगाड प्रथम लगुजलबिधुत आयोजना भवर र त्यस्मा भएको सम्पूर्ण समान बगाएको थियो ।
सोहि काममा व्यस्त रहेका बडीगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङ सदरमुकाम बागलुङमा रहेका छन उनले भने- ‘बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी सगँ भेटेर छलफल भयो उहाँले पनि सम्बन्धित निकायमा कुरा पठाउने बताउनु भएको छ ।’
अब अरु निकाएमा पनि छलफल हुदैछ सके सम्म छिटो आयोजनालाई सम्पन्न गर्ने गरि आफु लागि परेको अध्यक्ष गुरुङले बताए ।
हिजो बसेका समितिको बैठकले बिहान बेलुका बिद्युतत धेरै खपत हुने मसिनरी समान नचलाउन उपभोक्ताहरुलाई आग्रह गरेको छ ।