Sorry, that menu does not exist.
 

साताको तस्वीर : श्रीकृष्ण जन्माष्टमी महोत्सव !

बागलुङ २०७४ साउन ३१ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्री कृष्णको जन्मोत्सवको रुपमा मनाईदै आएको जन्माष्टमी (भाद्रकृष्ण अष्टमी) पर्व विविध कार्यक्रमहरुका वीच सम्पन्न भएको छ । देशभरका कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुले पूजा अर्चना गरेर भगवान श्री कृष्णको स्मरण गरेका छन् ।

श्री राधाकृष्ण मन्दिर, बागलुङ
भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले महाभारतमा वर्णित पाण्डव कौरबवीच कुरुक्षेत्रको लडाईमा अर्जुनलाई दिएको उपदेश श्रीमद्भागवत गीता भनिन्छ । श्रीमद्भागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरू मध्य एक हो । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । यो, विश्व प्रशिद्ध ग्रन्थ मानिन्छ ।

बागलुङमा राधाकृष्ण मन्दिर र नारायण मन्दिरमा जन्माष्टमीको दिन विहानै देखी भगवान श्रीकृष्णको पूजा अर्चनाका लागी श्रद्धालुहरुको अपार भीड लागेको थियो । जिल्लाका अन्य भागहरुमा पनि भगवान श्रीकृष्णका मन्दिरहरुमा पूजा अर्चना गरिएको छ ।

बागलुङ स्थित नेपाल अन्तर्राष्टिय कृष्णभावनामृत संघ (इस्कोन)ले स्थानीय बालमन्दिर भवनमा विहान १० बजे देखि नै भगवान श्रीश्री राधाकृष्णको अभिषेक तथा आरती, प्रवचनादि कार्यक्रम गरी जन्माष्टमी पर्व मनाएको छ ।

यसैगरी बागलुङको ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्र गल्कोट हटियामा विशेष कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी उत्सव मनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply