Sorry, that menu does not exist.
 

कुस्मामा बाढी पीडितका लागि एक बाल्टी सहयोग अभियान

महेन्द्र केसी, पर्वत २०७४ भदौ १ । बाढी पहिरो पीडीतहरुको सहयोगका लागि पर्वत कुश्मामा रोट्याक्ट क्लब अफ पर्वतले एक बाल्टी राहत अभियान शुरु गरेको छ । प्राथमिक उपचार सहितको ८ सय बराबरको राहत संकलनको लागि हिडेका छन् । क्लबले बाढी पीडित क्षेत्रमध्ये सवैभन्दा बढी प्रभावित क्षेत्रमा राहत पुयाउनको लागि केन्द्रिय तरबाटनै क्लबले राहत संकलन आयोजना गरेको र सोही अनुसार जिल्लामा पनि राहत संकलन गरेको क्लबका अध्यक्ष मिलन पौडेलले बताए ।

एक बाल्टी अभियानमा रु ८ सय बराबरको पीडितको लागि तत्काल आवश्यक पर्ने समाग्रीहरु जीवन जल, सेनेटरी प्याड, मेडिकल किट,झुल, पिउस, मच्छड धुप, सावुन, हेण्डीप्लस, बेन्डेज, ब्रस मन्जन, खाद्यसामाग्री ९चिउरा,नून, चाउचाउ विस्कुट०सहितका एक बाल्टी अभियान शुरु गरिएको उनले बताए ।

त्यस्तै जिल्लामा रहेको अर्को संस्था लायन्स क्लब अफ पर्वत मोदी कालीले आफ्ना सदस्यहरुसँग बाढी पीडितको लागि राहत संकलन गरेको छ । संस्थापकदेखि हालका कार्यसमिति सदस्यहरुसँग गरी २५ हजार बराबरको नगद संकलन गरेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply