Sorry, that menu does not exist.
 

बाढी पीडितका लागि बागलुङका सहकारीहरुले सुरु गरे राहात संकलन अभियान

सुमन जि.सी, बागलुङ २०७४ भदौ १ । अविरल वर्षासंगै देशका विभिन्न क्षेत्रमा गएको वाढि पहिरो र डुवानमा परेका व्यक्ति तथा घर परिवारहरुलाई सहयोग गर्नका लागि जिल्ला स्थित सहकारी सस्थाहरुले राहत संकलन अभियानको सुरुवात गरेका छन् ।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा जिल्लामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको बिहिबार बसेको संयुक्त बैठकले राहत संकलन अभियानको सुरुवात गर्ने निर्णय गरेको छ । बैठकले विशेष गरेर देशको तराई क्षेत्रमा गएको वाढि पहिरो र डुवानबाट भएको व्यापक धनजनको क्षतीप्रती दुखः व्यक्त गर्दै जिल्ला स्थित सहकारी संस्थाहरुले संस्थागत रुपमा पिडितहरुलाई सहयोग गर्नका लागि राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

अभियानमा जिल्लामा रहेको सिवाईसी साकोसले रु. १५ हजार, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाले रु. ५ हजार, एकता सहकारी संस्था लि. ले रु. ५ हजार, लखन बहुउद्देश्यीय सहकारी संस्था लि. ले रु. ५ हजार, महिला हित साकोसले रु. ५ हजार, शुभश्री साकोसले रु. २ हजार ५ सय, कालीका उर्जा सहकारी संस्थाले रु. २ हजार, सामुहीक साकोसले रु. २ हजार ५ सय, कन्र्सन साकोसले रु. २ हजार, आस्था साकोसले रु. ५ हजार, सहयोगि साकोसले रु. २ हजार, ओम साकोसले रु. १ हजार, संकल्प साकोसले रु. २ हजार ५ सय सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैठकले राहात संकलनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा सहकारीकर्मी चण्डिप्रसाद शर्मा पौडेल, रुद्र महत, लिला खड्का, के.वि. शाही र भवानीप्रसाद कँडेल रहेका छन् । समितिले शुक्रवार जिल्ला स्थित सहकारी संस्थाहरुमा पुगी राहत संकलन अभियानमा सहयोग गर्नका लागि अनुरोध गर्ने संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताए । पौडेलले संकलीत राहात रकम सहकारी संस्थाहरुको केन्द्रिय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून मार्फत वाढि प्रभावित क्षेत्रमा पठाईने समेत जानकारी गराए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply