गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ ७ । ईलाका प्रहरी कार्यालय हरिचौरले यस इलाका (सेवा क्षेत्र) भित्र बिगत दुई वर्षको अवधिमा बिभिन्न कारणबाट २० जनाको ज्यान गएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार विगत दुई आर्थिक बर्षको अवधिमा तनाव व्यवस्थापन गर्न नसक्दा ६ जनाले आत्महत्या गरेका छन भने ३ जनाको कर्तव्यबाट ज्यान गएको छ । , भबितब्य अन्तर्गत करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । यसैगरी भीरबाट लडेर २, सवारी दुघर्टनामा परी १, खोलाले बगाएर ३ जनाको ज्यान गएको छ भने २ जनाको बेवारिसे शव फेला परेको छ ।
प्रनि अधिकारीका अनुसार ईलाका प्रहरी कार्यालयको सेवाक्षेत्र अन्तर्गत गनपा हटिया, बडीगाड गाउपालिका र गनपा मल्ममा १।१ जना गरि ३ जनाको हत्या र गनपाको नरेठाटीमा ३, दुदिलाभाटीमा १, रिघामा १ र ताराखोलको हिलमा १ गरि ६ जनाको आत्महत्या सम्बन्धि उजुरी परेको थियो ।
गल्कोट रिघा, वडीगाड र ताराखोला हिलमा एकएक जना गरि ३ जनाको करेन्ट लागेर मृत्यु भएको अधिकारीले बताए । उनले गल्कोट हरिचौर, वडीगाड र गल्कोट काडेबासमा एकएक जना गरी तीन जनाको खोलाले बगाएर मृत्यु भएको उजुरी दर्ता भएको बताउदै ताराखोलामा र अमरभुमिमा एकएक जना गरि दुई जनाको बेवारिसे शव फेला परेको जानकारी दिए ।
प्रहरी कार्यालयमा पछिल्लो दुई बर्षको अबधिमा घरायसी झैझगडा सम्बन्धी करीब १० ओटा उजुरी दर्ता भएका छन । कर्तव्य ज्यान –हत्या) मा संलंग्न भएका अभियुक्तहरुलाई कार्वाहिको दायरामा ल्याईएको पनि प्रनि अधिकारीले बताए ।
गल्कोट क्षेत्रमा धेरैजसो घरयासी झैझगडा र आपसी बिबादका कारण आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको अधिकारीको ठम्याई छ ।
प्रनि अधिकारीले गल्कोट क्षेत्रमा पुरुष हिंशाका घटना बढेको बताउदै महिलाहरुले आफनो अधिकार खोजिरहदा पुरुषहरुको समस्यालाई समेत मध्यनजर गनुपर्नेमा जोड दिए ।