Sorry, that menu does not exist.
 

निकै कठोर मेहनत पछि सफल बन्दै गायक/सर्जक प्रेम सापकोटा ‘सोनु’

प्रदिप बिश्वकर्मा गौतम, बागलुङ २०७४ भदौ ७ । धौलागीरी अञ्चलबाट गीत संगीतमा लाग्ने अग्रज तथा नव कलाकारहरुको संङख्या अत्यधिक छ । केहि बास्तविक क्षमता भएरै गीत संगीतको बजारमा अगाडी आइरहेका छन भने कतिपय पैसा र मिडियाको भरमा कलाकार नाम आफुले आँफैलाई दिएका छन, त्यस्ता आफैले कलाकार घोषणा गर्नेहरुलाई भने जनताले कलाकार मान्दैनन् ।

क्षमता भएर पनि सञ्चार क्षेत्रमा कम मात्र आउने एउटा नाम हो प्रेम सापकोटा सोनु । आज भन्दा करिव आठ बर्ष पहिला कलाकार बन्ने सपना बोकेर बागलुङ जिल्लाको दमेकबाट काठमाण्डौ आएका प्रेमको जीवन आज कहाँ र कस्तो अबस्थामा छ भन्ने कुरा केवल उनैलाई मात्र थाहा छ । यसो त केन्द्रमा काम गर्न र स्थापीत हुन फलामको चिउरा चपाउनु जस्तै छ, त्यस माथी नेपाली सांगीतिक बजारमा । कमै मात्र क्षमतावान नयाँ कलाकारहरुले त्यो ठाँउ र नाम प्राप्त गर्दछन बाँकी सबै निराश भएर फर्कन्छन ।

जीवन जिउनकै लागी र कलाकार बन्नकै लागी प्रेमले पनि धेरै मेहनत र परिश्रम गरे । यसो त प्रेम भन्छन, “जिन्दगी भनेकै धारीलो छुरा माथीको खाली खुट्टाले हिड्नु पर्ने यात्रा हो ।” जीवन जिउनको लागी र आफ्नो सपना पुरा गर्नको लागी प्रेमले दोहोरी साँझमा पनि काम गरे । तर दोहोरीमा गाउने कलाकार जति हँसीला र रमाइला देखिन्छ त्यति उनीहरुको भित्री पीडाले सबैको आँखा रसाउने खालको हुन्छ । सुत्ने र खाने ठेगान नहुने र अत्यधिक मेहनतको पारिश्रमिक पनि न्युन हुने ।

यसै विच दुख–सुख गरेर पापी नभने बोलको गीतबाट आफ्नो औपचारी एल्वम निकाल्दा सम्म कति पीडा र संघर्ष गर्नु परे होला भन्ने कुरा प्रेमले आज व्यक्त गर्न सक्दैनन् । गीत संगीतमै लाग्नको लागी उनले धेरै मेहनत गरेर आज सम्म करिव दुई दर्शन भन्दा बढि गीत सिर्जना गरेका छन भने आवाज पनि करिव करिव त्यतिनै जति गीतमा दिएका छन ।

पछिल्लो समय बजारमा आएको उनको जापानीज रेलको सफलता सँगै लाग्छ मेहनत गरे पछि एक दिन सफल भइन्छ । उनी सँग काम गरेका देवी घर्ति, राजु ढकाल र गीत रेकर्डिङ गर्नेहरुले समेत सापकोटामा उत्कृष्ट क्षमता रहेको बताउछन ।

हामी सँग कुरा गर्दै चर्चित गायीका देवी घर्तिले समेत प्रेमको खुलेरै प्रशंसा गरिन । नेपालमा गीत गाएर तथा दोहोरी साँझको जागीर गरेर जीवन धान्न धौ–धौ भए पछि साथै आफ्नो सपना साकार हुन नसके पछि प्रेम हाल कामको शिलशिलामा जापान रहेको छन ।
प्रेम भन्छन “कलाकारीता पेशा दिन पुग्ने तर खान नपुग्ने पेशा रैछ ।” आफ्नो सपना साकार पार्न र गीत संगीतलाई निरन्तरता दिनको लागी जिन्दगीले जापान सम्म पुराएको गुनासो छ प्रेमको । प्रेम भन्छन, मैले सिर्जना गरेका र गाएका गीत सुन्नेले मेरो प्रशंसा गर्नु भएको छ तर मिडिया सँग नजिक हुन नसक्नाको कारण तथा आफ्ना गीतको उपयुक्त प्रचार गर्न नसकेको कारणले पनि आफु विगतका दिनमा पछि परेको बताउछन ।

यसो त राम्रो सिर्जना भएका कतिपय कलाकारहरु मिडियाको नजरमा नपर्दा तथा प्रचार–प्रसारको कमिले पनि ओझेलमा परेका छन त्यस्तै एउटा ओझेलमा परेका पात्र मध्ये प्रेम पनि एक हुन भन्दा हुन्छ ।

उनी भन्छन मेरो मिडियामा चिनेजानको पनि कोहि भएन त्यसको ठुलो प्रभाव पर्यो । जीवन जसरी जिउन सकिन्छ त्यसरी जिउनु पर्छ जहाँ छौं त्यहि खुसी भएर जिउनु पर्छ तब जिन्दगी सुखी हुन्छ । आफु जस्तो अबस्थामा रहे पनि गीत संगीतलाई माया मार्न नसक्ने बताउने प्रेमले यो क्षेत्रमा सँधै लागी परिरहने बताउछन । पछिल्लो समय निकै चर्चित बनिरहेको प्रेमको जापानीज रेल बोलको गीत गीतको म्युजिक भिडियो हेरौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply