बुर्तिवाङ २०७४ भदौ ७ । उज्बेकिस्तानमा सम्पन्न तेस्रो एसियन कप छनौट आई.टि.एफ तेक्वान्दो प्रतियोगिता २०१७ मा बागलुङका २ खेलाडीले रजत र कास्य पदक प्राप्त गरेका छन ।
इन्टरनेशनल तेक्वान्दो महासंघ (आई.टि.एफ) को आयोजनामा यहि २०१७ अगष्ट १९ र २० तारिखमा भएको सो आईटिएफ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएका ६ जना खेलाडी मध्य बागलुङ ढोरपाटन नगरपालिकाका ३ जना र निसीखोला गाँउपालिकाका १ जना गरि ४ जना खेलाडीले भाग लिएका थिए । सहभागी ४ खेलाडी मध्य ढोरपाटन नगरपालिका वडा नंं. ५ नाथुरीका दिपक गौतमले रजत पदक तथा वडा नं. १ बुर्तिबाङकी बसन्ती बुढामगरले कास्यपदक हात पार्न सफल भएका छन् ।
गौतमले ५२ केजी तौल समुहको स्पायरिङमा पतिस्पर्धा गरेका थिए । उनी सेमिफाईनल राउण्डको खेलबाट ताजकिस्तानका खेलाडी संग पराजित भएका थिए भने बुढामगर ७२ केजी तौल समुहको स्पायरिङमा फाईनल राउण्डको खेलमा तुर्किस्तानका खेलाडीसँग पराजित हुनुपरेको परेको थियो ।
यस्तै उनिहरुले सेप्टेम्बर १ र २ तारिखमा ईन्डियाको नयाँ दिल्लीमा हुन गईरहेको आई.आई.सी तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि प्रतिस्पर्धा गर्ने भएका छन ।