Sorry, that menu does not exist.
 

बाढीले बगाएको भूजीखोला जलविद्युतको मुहान मर्मत नभएपछी डेढ महिनादेखी गाउँ अन्धकार !

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ ८ । ढोरपाटन नगरपालिका वडा नं. ७ अर्थात साविक बोबाङ गाँउविकास समिति वडा नं. १ उपल्लो दोगाडी स्थित भुजिखोला तेस्रो लघु जलविद्युत परियोजना विगत डेढ महिना देखि अवरुद्ध हुदा करिव १ सय ७५ घरधुरी अन्धकारमा वस्न बाध्य भएका छन् ।

गत असार महिनाको मध्य तिर अविरल वर्षा संगै भुजीखोलामा आएको बाढिले परियोजनाको कुलोको मुहान बगाएपछि विद्युत सेवा अवरुद्ध बनेको हो । विद्युत अवरुद्ध हुँदा वडा नं. ७ का गादिलुङ, धारबोट, घम्पु, पौडेलधारा, गलेक र नुलीका करिव १ सय ७५ घरधुरी विद्युत उपभोक्ता विगत अन्धकारमा बस्न बाध्य भएको स्थानिय युवा समाजसेवी अमर बुढा मगरले बताए ।

उनिहरु मोबाई चार्ज गर्न, टि.भि हेर्न, कप्युटर चलाउनबाट बञ्चीत भएका छन् । विद्युत अवरुद्ध भएपछि स्थानियलाई मोबाईल चार्ज गर्नका लागी हरेक दिन नजिकै रहेको सैखोला बजार झर्नु पर्ने अवस्था रहेको छ । जसले गर्दा स्थानिय जनजीवन निकै प्रभावित बनेको छ ।

२४ किलोवाट क्षमता रहेको उक्त जलविद्युत परियोजनाको धौलागीरी सामुदायिक स्रोत विकास केन्द्र ( डि.सी.आर.डि.सी ) को आर्थिक तथा प्राविधिक सहयोग र स्थानियको जनश्रमदानमा २०६६ सालमा निमार्ण गरिएको थियो ।

गत वर्ष पनि साउन १० र ११ गते भुजिखोलामा आएको बाढिले परियोजनाको कुलोको मुहान बगाएको थियो । मुहान बगाएपछि स्थानियको जनश्रमदानमा करिव ३ लाख खर्च गरि मर्मत गरी विद्युत सञ्चालन गरिएको थियो । तर यो वर्ष पनि बाढीले पुनः कुलोको मुहान बगाईदिए पछि स्थानिय जनता समस्यामा परेका छन् ।

कुलोको मुहान मर्मतका लागी नगर परिषदबाट २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । तर खोलाको बहाव नघटेका कारण तत्काल मर्मत गर्न सकिने अवस्था नभएको युवा समाजसेवी बुढा मगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply