Sorry, that menu does not exist.
 

बुर्तिवाङ लगायत निसीभूजी क्षेत्रमा तीज विशेष कार्यक्रम भव्यरुपमा मनाईयो

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ ९ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व बाग्लुङ पश्चिम क्षेत्र बुर्तिबाङ लगायतका स्थानमा पनि विभिन्न तीज विशेष कार्यक्रम गरि धुमधामका साथ मनाएका छन् । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई मनाईने यो चाड महिलाहरुले हिजो दिनभर बुर्तिबाङ बजारका विभिन्न चोक–चोक, खेल मैदानहरुमा भेला भएर तिज गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तीजका दिन रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको उल्लेख्य रुपमा उपस्थिति देखिएको थियो । रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान गरेर यहाँका महिलाहरुले तीज पर्व मनाएका छन् ।

यसै विच हरितालिका तीजको पावन अवसरमा जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरमा दरखाने कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सिर्जनशील आमा समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा स्थानिय महिलाहरुको सक्रियतामा महिला अधिकारका महत्व र वाल विवाह रोकौ भन्ने विषयमा तीजगीत तथा नृत्य प्रस्तुत गरिएको आमा समुहकी सचिव ज्ञानदेवी घर्ति मगरले बताउनुभएको छ । स्थानिय स्तरमा रहेका महिलाहरुले सोत स्फुर्त रुपमा कार्यक्रममा विभिन्न समुह बनाएर सचेतनामुलक तीजगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन आमा समुहकी सचिव ज्ञानदेवी घर्ति मगरले गरेका थिए ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । तर पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जान थालेको जस्तो महशुस हुन थालेको छ । आफ्नै मौलिकता, संस्कृती तथा सामाजीक महत्व बोकेको सुन्दर पर्व हरितालिका तिज पर्व भित्र पनि समय परिवर्तन सँगै विकृतिहरु देखिन थालेको छ ।

तीज पर्व दिदीबहिनीबीच सुखदुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply