मेघराज सापकोटा (रिष्मेली) जापान २०७४ भदौ ९ । हरेक वर्ष तीजमा सानोतिनो कार्यक्रम गर्दै आएको एकता समाज जापानले अहिले ओसाकामा नेपालका बहु चर्चित कलाकारहरूको साथमा ओसाका लगायत् टोकियोमा धमाका मच्चाएकोछ । नेपालबाट आमन्त्रित कलाकारहरूमा नीलीमा पून, मंजू पौडेल र तेजस रेग्मी आथिए भने । कार्यक्रम आयोजना गरिएको हल दर्शकले खचाखच भरिएको थियो।
सायद तीज भएर होला पुरुषको तुलनामा महिला दिदी बहिनीको संख्या तेब्बरनै थियो। खुट्टाको पाइला टेक्न नमिल्नेगरी भरिएको हलमा नीलीमा पुनले परदेशीको मन बहकाऊने गीत गाऊदा हलनै मन्त्रमुग्ध भएको थियो । तेसपछि गायिका पुनले तीजका गीत गाऊदा सबै नाचेका थिए।
उता तेजस रेग्मीले गुमपकुम गुम गीत गाऊदा सबै महिला दिदी बहिनी तालको तालमा नाचदै रमाऊदै गरेका थिए भने नेपालका बहुचर्चित गाईका मंजू पौडेलले तीज गीत गाऊदै गर्दा हलमा भूकम्प आयजत्तीकै भएको थियो। त्यसैमा पनी तिमी लाइटर म भाको चूरोट गीत गाऊदै गर्दा माथी स्टेजमा महिला दिदी बहिनी र तल दाजूभाईहरू तालको तालमा साथ दिदै नाचेका थिए।
प्रमुख अतिथि एकता समाज जापानका अध्यक्ष यमलाल सापकोटा थिए भने बिशिष्ठ अतिथिको रूपमा भीम के।सी र नंदू सापकोटा रहेका थिए ।
कार्यक्रममा ओसाकाका विभिन्न संघसंस्थामा आबद्ध रहेका प्रतिनिधिहरुको पनी उपस्थिति रहेको थियो। कार्यक्रम संचालन व्दय सचित्र के।सी र संस्थाका सचिब मिलन शर्माले गरेका थिए।
एकता समाजको नौमती बाजाले कार्यक्रमले थप रौनकता लिएको थियो । साथमा स्थानिय कलाकारको पनी बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रममा एक जना भाग्यमानी विजेतालाई नेपाल जाने आऊने टिकेटको पनी व्यवस्था गरिएको थियो जून टिकट चितवन घरभई हाल जापान रहेका कृष्ण पौडेललाई परेको छ। उनले टिकट सपोन्सर गर्ने सुमेध टूर्स एंड टाभल्स लाई र एकता समाज जापानलाई बिशेषस धन्यवाद दिएका छन्। संस्थाका अध्यक्ष कमल कार्कीले ूकार्यक्रम सोचे भन्दा पनी भव्य भएको र अब आऊदो बर्षहरूमा पनी यस्तै कार्यक्रम गर्ने बताए।