Sorry, that menu does not exist.
 

अनेरास्ववियु (छैठौँ) को बिद्यार्थी जागरण अभियान ढोनपा अधिकारीचौरमा

कमल राना, बागलुङ २०७४ भदौ १२ । अनेरास्ववियु (छैठौँ) बागलुङको विद्यार्थी जागरण तथा सदस्यता वितरण अभियान अन्तरगत आज अधिकारीचौरको शिवालय माविमा भेला सम्पन्न भएको छ ।

भेलाले धन बहादुर भण्डारीको अध्यक्षतामा २५ सदस्यीय अखिल (छैठौँ) मुल इकाई समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला क्षेत्री, सचिवमा सिर्जना सुनार, सह–सचिवमा सजर घर्ति र कोषाध्यक्षमा एलिना भण्डारी रहेका छन् ।

कार्यक्रममा अखिल छैठौँका महासचिव भिमलाल पोख्रलले विद्यार्थीहरु गुणस्तरीय र वैज्ञानिक शिक्षाको लागि निरन्तर संघर्ष गर्नु पर्नेमा जोड दिए ।
अहिलेका निजि तथा सरकारी विद्यालयले विदेश पलायन गराउने विद्यार्थी उत्पादन गरिरहेको बताउँदै पोख्रलले नेपालको शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा अखिल छैठौँका जिल्ला अध्यक्ष शिव चालिसेले मंतव्य व्यक्त गर्नु भएको थियो । अखिल छैठौँका धनबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन शर्माले गर्नु भएको थियोय ।

त्यसै गरि जागरण अभियान अन्तरगत ढोरापाटन नगर पालिका वडा न. ६ मा रहेको विद्या विकास माध्यामिक विद्यालयमा पनि भेला सम्पन्न भएको छ ।
भेलाले मोहन बढामगरको अध्यक्षतामा २९ सदस्यीय अखिल (छैठौं) मुल ईकाई समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भेगेन्द्र भण्डारी, सचिवमा यम कुमारी भण्डारी, सह–सचिवमा तारा भण्डारी कोषाध्यक्षमा सर्मिला अदै रहेका छन् ।

सदस्यहरु अमिसा बुढा, गेहेन्द्र भण्डारी, अर्जुन विक , शालिन्द्र बुढा मगर, पेशमला सिर्पाली, रुन देवि सिर्पाली , दुर्गा सिर्पाली, सुभास अदै, दिपेन्द्र अदै, फिरज बुढामगर, चुनमान भण्डारी, लिलमाया भण्डारी , दिना अदै, पुजन अदै, दिपना अदै, दिपा भण्डारी, खुम वहादुर बुढा मगर, राजन बुढा, दिपक अदै, अन्मिका भण्डारी, टिका सिर्पाली, खगेन्द्र भण्डारी, अर्जुन थापा र सुमित अदै रहेका छन ।
कार्यक्रमको सञ्चालन अखिल छैठौँका अर्जुन शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply