Sorry, that menu does not exist.
 

भीम स्मृति प्रतिभा कोषबाट २ प्रतिभावान विद्यार्थी सम्मानित

कोपिला कंडेल, बागलुङ २०७४ भदौ १३ । यसबर्षको भिम स्मृति प्रतिभा कोषबाट अमृत आदर्श उच्च माबि बोडिङ्ग स्कुल बागलुङ्गका २ जना बिद्यार्थी पुरस्कृत भएका छन् । कोषले सोमबार एक समारोहको आयोजना गरी बिशेष प्रतिभावान कक्षा १० मा अध्ययनरत रोहित चौधरी र कक्षा ९ मा अध्यनरत रक्षा शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत दुबैलाई जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गाना र कोषका संस्थापक रुद्रा केसीले जनही पाच हजार नगद सहित प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढु्ङ्गानाले प्रतिभावान बिद्यार्थीको क्षेमता अभिबृद्धि गर्न एबं नवप्रतिभाको खोजी गर्नका लागि यस्ताखाले पुरस्कार महत्वपुर्ण हुने बताए ।

सो अवसरमा प्राज्ञ प्रेम छोटा, समाजसेवी विश्वनाथ रेग्मी, आदित्य प्रतिभा स्मृति कोषका संरक्षक बिना कार्की, बिद्यालयका शिक्षक दीर्घ बहादुर हमाल, पुरस्कृत रोहितका अभिभावक अशोक श्रेष्ठ, र पुरस्कृत ब्यक्तित्व रोहित चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्लाको जैमुनी नगरपालिका बिनामारे ५ घर भै हाल बागलुङ नगरपालिका ३ गुठी निबासी स्वर्गिय भिम बहादुर केसीकी धर्मपत्नी रुद्रा केसी छोरा सोलारकार निर्माता कुशल केसी, करुण केसी र छोरी करुणा केसीले बैज्ञानिक एबं खोज अनुसन्धानको क्षेत्रमा लाग्न सक्ने बिद्यार्थीलाई पुरस्कृत गर्ने उदेश्यले सो कोषको स्थापना गरेको बिद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानले जानकारी दिए । स्वर्गिय केसीको २०७२ साल भदौ ३१ गते ४८ बर्षको उमेरमा निधन भएको थियो ।

कार्यक्रम कोषका संस्थापक संरक्षक रुद्रा केसीको अध्यक्षता, बिद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानको स्वागत मन्तब्य र शिक्षक भक्ति न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply