Sorry, that menu does not exist.
 

पुर्वाधार निर्माण गरेर बिद्यामन्दिर पुस्तकालयलाई नमुना बनाउनुपर्नेमा जोड

कोपिला कंडेल, बागलुङ २०७४ भदा १३ । बिद्यामन्दिर पुस्तकालय बागलुङ्गलाई प्रदेश नम्वर चारको नमुना पुस्तकालय बनाउनका लागि स्थानिय साधन र श्रोतको अधिकतम प्रयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।
बिद्यामन्दिर पुस्तकालय बागलुङ ले १० औ रास्ट्रिय पुस्तकालय दिबसको सप्ताह ब्यापी कार्यक्रम अन्तरगत मंगलबार आयोजित बिद्यामन्दिर पुस्तकालय प्रदेश नम्वर ४ कै नमुना पुस्तकालय बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि बक्ताले यस्तो बताएका हुन ।
धौलागिरी अंचलकै पुरानो पुस्तकालय बिद्यामन्दिर पुस्तकालयको आफ्नै गौरबमय ईतिहास रहेको भन्दै बक्ताले प्रदेश नम्वर ४ कै नमुना पुस्तकालय निर्माणका लागि आजै देखी पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिद्यामन्दिर पुस्तकालयलाई उत्कृष्ट पुस्तकालय बनाउनका लागि आवश्यक पुर्वाधार तयार गरेर अगाडी बढ्नुपर्ने बताउदै शैक्षिक पर्यटनको द्रिष्टीकोणले पनि बिद्यामन्दिर पुस्तकालय महत्वपुर्ण रहेको भन्दै सामाजिक आर्थिक र शैक्षिक रुपान्त्रणका लागि पुस्तकालयको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले बिद्यामन्दिर पुस्तकालयलाई उत्कृष्ट बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

सो अवसरमा बागलुङ्ग उद्योग बाणिज्य सघका अध्यक्ष जयराम भारी,ं प्राज्ञ एबं पुस्तकालयका सल्लाहकार प्रेम छोटा, पुस्तकालयका सल्लाहकार एबं धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ्गका अध्यक्ष काजिरोषन, राष्ट्रिय उपभोक्ता मञ्चं बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहाकार कोपिला कंडेल, पुस्तकाध्यक्ष मञ्जु शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
त्यसैगरी नागरिक समाजका संयोजक काजीगाउले श्रेष्ठ, पुस्तकालयका सल्लाहकार महेशचन्द्र प्रधान,निरज शाक्य, गगनलाल शाक्य, धौलागिरी बहुमुखी क्याम्पसका कल्पना चापागाई, पत्रकार प्रकाश बराल, प्रदिप पन्त लगायतले जिज्ञासा ब्यक्त गरेका थिए ।
सो अवसरमा एक कार्यपत्र पेस गर्दै बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले सबैको सहयोग र समर्थन पाउन सके बिद्यामन्दिर पुस्तकालयलाई प्रदेश नम्बर ४ को नमुना पुस्तकालयको रुपमा बिकास गर्न सकिने बताए ।
पुस्तकालयलाई बिद्युतिय रुपमा संचालन गर्न शुरु गरेपछि पाठकको संख्यामा समेत बृद्धि हुदै गईरहेको चर्चा गर्दै अध्यक्ष राजभण्डारीले नमुना पुस्तकालय निर्माणका लागि आजै देखी पुर्वाधार निर्माण शुरु गर्न लागेको बताए । उनले निरन्तरता र सुबिधा र गुणस्तरको हिसाबले बिद्यामन्दिर पुस्तकालय उत्कृष्ट रहेको समेत दाबी गरे । कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, कोषाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !