Sorry, that menu does not exist.
 

लोकदोहोरी गायक विष्णु खत्रीको दशैं तिहार गीत ‘जहाजको टिकट’ बजारमा

थम्मन थापा सन्देश, बागलुङ २०७४ भदौ १६ हिन्दुहरुको महान पर्व विजया दशमीको आगमन सॅगै बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीको दशैं तिहार गीत ‘जहाजको टिकट’ बजारमा आएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि.सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन । खत्रीले उक्त नयाॅ गीत आफनै युट्युव च्यानल विष्णु खत्री मार्फत बजारमा ल्याएका हुन ।

सम्पुर्ण श्रोता तथा दर्शकमा दशैं तिहारको शुभकामना सहित अडियो तथा भिडियो एक साथ रिलिज गरिएको छ । विष्णु खत्रीको उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको हो । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ । गीतमा विदेशमा रहेको लाहुरेले महान चाड बडा दशैंमा आफुले घर आउन छुट्टि नपाएको र बाबियो बाटेर पिङ खेल्न आग्रह गरेका छन भनें गाउॅमा रहेकी श्रीमतीले जहाजको टिकट काटेर दशैं तिहार मनाउन गाउॅमा आउन अनुरोध गरिएको छ ।

नेपाली समाजको यथार्थ परिवेशलाई गीत संगीत मार्फत सन्देश र मनोरञ्जन दिने गरि यस भन्दा अगाडि गायक खत्रीले थुप्रै दशैं तिहार गीतहरु दर्शक तथा श्रोता माॅझ पस्केर मन मुटुमा बस्न समेत सफल भएका छन । सुनको जलप, दशैं तिहार आउॅदा, यसपालीको दशैंमा आईन मेरी मुटु, लाहुरे दाई छुट्टिमा आको, दशैं तिहार सॅगै मनाउॅला, दशैं आयो तिहार आयो लगायतका थुप्रै चर्चित गीतहरु बजारमा आईसकेका छन । कहिले भरिया, कहिले बेपत्ता, कहिले किसान मजदुर, कहिले सहिद, कहिले लाहुरे, कहिले जन्म ठाउॅ, कहिले लाहुरे, कहिले माया पिरती त कहिले समाज परिवर्तनका गीतहरु आफनै लय, शब्द र स्वर मार्फत आम दर्शक माॅझ सांगितिक कोसेलीहरु पस्किसकेका गायक विष्णु खत्रीको फरक पहिचान रहेको छ । शैक्षिक क्षेत्रमा २ वटा विधामा डिग्री गरेका खत्री अनवरत रुपमा गीत संगीतमै तल्लिन रहेका छन । यसपालीको गीतलाई पनि विगतमा जस्तै सम्पुर्ण दर्शक तथा श्रोताले माया गर्ने र सफलता पाउने अपेक्षा गरेको खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply