हटिया देखि पोखरा सम्म रिजर्भ ६ हजार, काठमाडौ सम्म रिजर्भ रु १२ हजार !
गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ १६ । गल्कोट यातयात प्रालिले ट्याक्सीको भाडादर निर्धारण गरेको छ । समितिमा आवद्ध सम्पुर्ण ट्याक्सीको भाडालाई एकरुपता ल्याउनका लागी भाडादर निर्धारण गरिएको समितिले जनाएको छ । जसअन्तर्गत हटिया देखि डाडाँखेत सम्म ५०, नरेठाटी सम्म ५०, मौरिया सम्म १ सय, ठुम्का सम्म १ सय, काफलठुटा सम्म १ सय २५, भुङखानीसम्म १ सय, झाक्रिस्थान सम्म १ सय ५०, चौराह सम्म २ सय, भ्यु टावर सम्म २ सय ५०, रिजालचोक सम्म ३ सय, बिहुको मन्दिर सम्म ३ सय ५०, त्यस्तै हटिया देखि आगाखेत सम्म ५०, बास्खोला सम्म ५०, गल्याङ सम्म ७५, रिश्मी सम्म १ सय, हटिया देखि पोखरा सम्म रिजर्भ ६ हजारकाडेबास सम्म १ सय २५, मनेवा सम्म २ सय, खर्वाङ सम्म ३ सय, टक्सार सम्म ३ सय ५०, हटिया देखि तोरिखोला सम्म १ सय २५, बयलि सम्म १ सय ५०, चमुवा सम्म १ सय ५०, खरुवा सम्म १ सय ५०, चिनामालि १ सय २५, हटिया देखि हरिचौर सम्म २ सय, हटिया देखि बागलुङ ६ सय, , हटिया देखि काठमाडौ सम्म १२ हजार रकम निर्धारण गरेको छ ।
समितिले भाडा निर्धारण गरेपछि ट्याक्सी चालकहरुले मनपरि भाडा लिने प्रबृति हटेको गल्कोट यातयात प्रालिका महासचिव गगन कुबरले बताए । हामीले यात्रुहरुलाई कहाँबाट कहाँसम्मको भाडादर कति छ भनेर स्पष्ट बनाउनका लागी काउण्टरमा भाडादर लिष्ट राखेका छौ कुबरले भने सो भन्दा बढि चालकले असुल्ने गरे समितिको निर्णय अनुसार कार्बाहि हुन्छ ।
गलकोट यातयात प्रालिमार्फत हाल २५ वटा ट्क्यासी सञ्चालन भईरहेका छन । बर्षा याम भएका कारण हाल हटिया देखि खर्वाङ र हटिया देखि बिहुँसम्म मात्र सञ्चालन भईरहेको समितिले जनाएको छ ।