थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ १६ । गलकोट नगरपालिका ७ मल्ममा पर्यटन पदमार्ग निर्माणको विषयमा भेला सम्पन्न भएको छ । भेलाले सप्ताहघाट देखि बगाले थापा कुल मन्दिर, भल्साङ हॅुदै राम्चेढुङगा सम्म पदमार्ग निर्माणको लागि खिम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय पदमार्ग निर्माण समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रत्न बहादुर मल्ल, सचिवमा मिन बहादुर दर्जी, सहसचिवमा रुद्र केसी र कोषाध्यक्षमा टिका साहानी रहेका छन । सदस्यहरुमा डिल बहादुर खडका, थुमा थापा, हुम बहादुर बस्नेत, र दुर्गा बहादुर थापा रहेका छन् ।
सो अवसरमा दल बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरुमा थम्मन थापा सन्देश, टिका बहादुर खडका, केहरसिंह थापा र मिना दर्जी रहेका छन् । त्यस्तै दल बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन भएको छ । समितिको सदस्यहरुमा घनश्याम थापा र पदमा नेपाली रहेका छन् ।
भेलामा वडा स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्वीजिवी सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मको आयोजनामा सम्पन्न भेला समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष ज्ञान बहादुर थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।