थम्मन थापा सन्देश, , बागलुङ २०७४ भदौ १८ । बागलुङको गलकोट क्षेत्र लोकगीत संगीतको उर्बर भूमि मानिन्छ । गलकोटले धेरै कलाकारहरु जन्माउन सफल भएको छ । यसै सिलसिलामा गलकोट नगरपालिका ७ मल्ममा जन्मेका गायक कुलबिर थापा पनि गीत संगीतमा आफनो यात्रा प्रारम्भ गरेका छन ।
तीजको विदाई सॅगै नेपाली गित संगीतको बजारमा फेरी पञ्चेबाजाका गीतहरुको आगमन हुन थालेको थालेको छ । समय र परिवेश अनुसारका नेपाली गीत संगीतको बजारमा पछिल्लो समयमा चर्चित गायक कुलबीर थापाको नयाॅ पन्चेबाजाको गीत ”लाउली सिन्दुर चुरा मायाले ” बोलको गीत बजारमा आएको छ ।
गायक थापा रोजगारीको सिलसिलामा अहिले जापानमा रहेका छन । उनी विदामा नेपाल आएको समय पारेर आफ्नै गाउॅ गलकोट लाइ भिडियोमा देखाईएको छ ।थापाको अवाजमा क्रमश गीतहरु बजारमा आउन थालेका छन । आफ्नो प्रेमिका लाइ खुसी बनाउने भाव गीतमा समावेश गरिएको छ यो गीतमा मिति तय गरेर प्रेमिका लाइ आफ्नो घर भित्राउने कुरा गरिएको छ ।
मिति तय गर्दै छु बिहेको, जानकारी गीत बाटै दिएको ” लाउली सिन्दुर चुरा मायाले, यो लगनमा यस्तै भो बिहे हुन अझै केहि साल कुरा मायाले बोलको गीतमा अहिलेका चर्चित सर्जक शिव अखेलीको शब्द ईश्वर सिंहको लय रहेको छ भने गायकमा थापालाई गायिका देबी घर्तीले साथ दिएकी छन । गीतलाई झझल्को डिजिटलले बजार ब्यबस्थापन गरेको छ । गीतको भिडियोमा गायक थापाले आफै अभिनय गरेका छन ।