Sorry, that menu does not exist.
 

बानपा मेयर पौडेललाई एक नगरवासीको खुल्ला पत्र : यस्ता छन, उनका एघार जिज्ञासा !

बागलुङ २०७४ भदौ २० । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछी निर्वाचित जनप्रतिनिधीहरुबाट जनहितका कामहरु हुने अपेक्षामा रहेका जनताहरु अहिले आएर जनप्रतिनिधहिरुबाट अपेक्षाकृत कामहरु हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

स्थानीय तहमा निर्वाचित भएका अधिकाँश जनप्रतिनिधीहरुले निर्वाचन पूर्व उनिहरुले जनतासमक्ष बाँडेका मीठा र लोभलाग्दा आश्वासन विर्सिएको उनिहरुको ठम्याईँ छ । निर्वाचनको प्रचार अभियानमा स्मार्ट सिटी, नि:शुल्क बस सेवा, शिक्षा, खानेपानी, सडक, लगायत गाउँ नगरको चोतर्फी विकास गर्ने नाराका साथ विजयी बनेका खुदनशीब प्रतिनिधीहरु बढी सुविधाभोगी हुन खोजेको आरोप लाग्न थालेको छ । उनिहरुको हाउभाउ र कृयाकलापले जनताको सेवकको रुपमा नभै मालिकको रुपमा प्रस्तुत गरेको आम नागरिकको बुझाई रहेको छ ।

यसैवीच, बागलुङ नगरपालिकावासीहरु आफैले चुनेका जनप्रतिनिधीको कार्यशैलीबाट निराश बनेका अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् । पदभार ग्रहण गरेको सय दिन वितिसकेको अवस्थामा निर्वाचित जनप्रतिनिधीहरु खासगरी मेयरको कार्यशैली प्रति नगरवासीको व्यापक असन्तुष्टिले पदासीन व्यक्तिमात्र नभएर आवद्ध पार्टी र नेतृत्व समेतलाई अप्ठेरोमा पारेको कार्यकर्ताहरुले बताएका छन् ।

‘हामीले तपाईलाई प्रतिनिधी छानेका हौँ, कुनै कर्मचारी नियुक्त गरेका होईनौँ, जनप्रतिनिधी बनेपछी जनहितका कार्यगर्नु जरुरी छ …’भन्दै एक नगरवासीले बागलुङ नगरपालिकाका मेयर जनक पौडेलको नाममा एक खुल्लापत्र लेख्दै केहि जिज्ञासाहरु राखेका छन् ।

एक नगरवासीको नाममा प्रेशित खुल्ला पत्रमा विभिन्न जिज्ञासाहरु प्रस्तुत गरिएको छ । पत्रको प्रारम्भमा भनिएको छ, ‘बागलुङ नगरपालिकाको मेयरपदमा सपथ खाएको एक सय दिन (हनिमुन समय) को वरिपरि मैले यो खुलापत्र लेख्नु पर्ने मेरो कुनै रहर थिएन । नगरवासी नागरिकको हैसियतले यो पत्र लेख्नु पर्ने अवस्था नगरपालिका मार्फत एकल निर्णयमा यो अवधिमा भए गरेका गतिविधिबाट नै सिर्जिएको हो । यो पत्रमा मेरो कुनै दुराभाव, नियत, आग्रह केहि छैन । हजुर अव ब्यक्तिगत नभै सार्वजनिक पद धारण गरेको ब्यक्ति हो । तपाईले गरेका अवका हरेक क्रियाकलाप र त्यसको प्रभावमा उत्पन्न परिणाम जनताको चासोको विषय हुने भएकाले नगरवासीका भावनालाई उजागर गर्नुपर्ने एक नागरिकका हैसियतमा यो पत्र मार्फत केहि वुँदागत जिज्ञाशा राखेको छु ।’

उनले खुल्ला पत्रमा, आफना गुरु पूर्व मेयर ऋषिराम शर्माको कार्यशैली र नगरपालिका संचालनको तौर तरिकालाई अवलम्वन नगरी मेयर हँुदा वित्तिकै नगरपालिकालाई व्ययभार पर्ने गरि नगरकार्यपालिकाको निर्णय विना आलिसान घर महंगो भाडामा लिईएको प्रशंग कोट्टाउदै रु ४८ लाखका योजनाहरु नगरकार्यपालिकाको निर्णय र वडा अध्यक्षहरुको परामर्श विनानै विनियोजन गरेको आरोप लगाएका छन् । खुला पत्रमा गत आर्थिक वर्षमा एक पैसापनि फ्रिज नहुनु पछीको रहस्य पनि उठाईएको छ ।

पत्रमा तीजका अवसरमा केहि लाख रुपया पार्टी कार्यकर्ताहरुलाई फाईदा पुग्ने गरी वितरण गरिएको प्रशंग उठाउदै कुनै एक पार्टीको मात्र मेयर नभएर बागलुङ नगरपालिकाका १४ वडाको मेयर भएको संज्ञान गराईएको छ ।

निर्वाचन पूर्व पत्रकार सम्मेलन गरेर मेयर साहेवले मापदण्ड विपरीत, प्रक्रिया नपुर्याई बनेका र नक्सापास नगरी वनेका वजारका घर तत्काल भत्काउने लोकप्रिय र उत्तेजक उद्घोष गरेको विषयकालाई उठान गर्दै खुला पत्रमा यसमा के कस्तो कार्वाही भएको छ भन्ने जिज्ञासा व्यक्त गरिएको छ ।

मेयर जनक पौडेलको नाममा लेखिएको खुल्लापत्र यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply