Sorry, that menu does not exist.
 

भाइरल ज्वरोले विद्यार्थीहरु पढन आउन छोडे, स्वास्थ्यकर्मीको टोली विद्यालयमा !

कौरव खत्री, गुल्मी २०७४ भदौ २० । गुल्मीका एक विद्यालयमा भाइरल ज्वरोले विद्यार्थीहरु थलिएपछी विद्यालयनै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुसिकोट नगरपालिका १ थामडाँडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भाइरल ज्वरोका कारण विरामी हुँदै गएपछि उपस्थिति न्यून भएर विद्यालय बन्द गर्नुपर्ने स्थिति बनेको हो । आजै मात्र झण्डै ४० प्रतिशत विद्यार्थीहरु विद्यालयमा उपस्थिति नभएपछि पठनपाठन सुचारु राख्न थप समस्या भएको निस्ती–बडीगाड सामुदायिक विकास केन्द्र गुल्मीका अध्यक्ष मोहन घिमिरेले बताए ।

भाइरल जोरो फैलिएपछी अहिले विद्यालयमा पौदी अमराई स्वास्थ्यचौकी र नेटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको टोली सरस्वती माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुको उपचार स्वास्थ्य परिक्षण भइरहेको र जिल्लाबाट पनि स्वास्थ्यकर्मीहरुको टोलि औषधी लिएर बाटोमा आउदै गरेको समेत अध्यक्ष घिमिरेले जानकारी दिए ।

यस्तै अध्यक्ष घिमिरेका अनुसार भाइरल ज्वरोले छत्र निम्म माध्यमिक विद्यालय र सिद्ध प्राथमिक विद्यालय लगायत चैनडाँडा र थामडाँडा आसपासका गाँउघरमा मानिसहरु विरामी भएको समेत उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply