कृष्ण कँडेल, बागलुङ २०७३ माघ ८ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ अन्तरगत बुर्तिबाङ स्रोत केन्द्र स्तरिय भेला आज बुर्तिबाङमा सम्पन्न भएको छ ।
भेलामा बोल्दै संगठनका जिल्ला उपाध्यक्ष नगेन्द्र खरेलले पछिल्लो शिक्षा ऐन संसोधनले विगत देखि शिक्षकको ठुलो समस्याका रुपमा रहेको अस्थायि शिक्षकका समस्या आंशिक रुपमा सम्बोधन गरेको बताए ।
उनले संशोधित ऐनको व्यवस्था अनुसार नियमावली बनाएर अस्थायी शिक्षकलाई विधि र प्रक्रिया अनुसार स्थायी गर्ने तथा उपदानमा विदाई गर्ने भन्दै यो उपलब्धि सकारात्मक भएको बताए ।
नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा एरिया ईन्चार्ज चन्द्र अर्यालले समाज रुपान्तरण तथा सुधारमा शिक्षकको महत्वपूर्ण भुमिका हुने भन्दै पेशागत काम सहित समुन्नत समाज निर्माणको अभियानमा जुट्न आग्रह गरे ।
कार्यक्रममा संगठनका जिल्ला सदस्य कुलपति सापकोटा र संजयकुमार यादबले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले शिबलाल सुवेदीको अध्यक्षतामा १५ सदस्यीय बुर्तिबाङ स्रोत केन्द्र स्तरिय एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा देवबहादुर सुनार, सचिव पुर्ण अर्याल, सहसचिव होमबहादुर श्रेष्ठ र कोषाध्यक्ष दालकुमारी पाण्डे रहेका छन् ।
सदस्यमा नरिश्वर पाण्डे, होममायाँ अदै, घमबहादुर सुनार, दिलकुमारी घिमिरे, पार्वती जीसी, ईन्द्रराज पौडेल र सुर्यबहादुर विक रहेका छन् । बाँकी ३ सदस्य पछि थप गरिने छ ।
कुलपति सापकोटा, निमबहादुर कायत र ईश्वरी अर्याल रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
कार्यक्रममा सदस्यहरुले आफ्नो गाविस र विद्यालयको शैक्षिक अवस्था र संगठनात्म स्थीतिको बारेमा रिपोर्टिङ गरेका थिए । जिल्ला समितिको परिपत्र प्रेमबहादुर खत्रीले बाचन गरेर सुनाएका थिए ।
भेला स्रोतकेन्द्रका संयोजक शिवलाल सुवेदीको अध्यक्षता, ईन्द्रराज पौडेलको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।