Sorry, that menu does not exist.
 

मानवसेवा आश्रमबाट बाईस दिनको अन्तरालमा चारजना असहाय महिलाहरुको उद्धार !

बागलुङ २०७४ भदौ २२ । बागलुङ स्थित मानव सेवा आश्रममा बाईस दिनको अन्तरालमा चार जना असहाय अशक्त महिलाहरुले आश्रय पाएका छन् । गत साउन ३२ गते एक बृद्ध महिलालाई बानपा २ मरेपिपलबाट उद्धार गरी आश्रममा बुझाईएको थियो भने भदौ १५ गते बानपा ३ गुठीबाट एक बृद्धाको उद्धार गरी आश्रममा लगेर राखिएको छ ।

यसैगरी यहि भदौ १७ गते बागलुङ बजार लालीगुराँश चोकबाट विक्षिप्त अवस्थामा भेटिएकी (नाम थर वतन नखुलेकी) करीब ४०/४५ वर्ष उमेरकी एक महिलाको पनि उद्धार गरी आश्रममा राखिएको छ भने हिँजो भदौ २१ गते बागलुङ कालिका भगवती मन्दिरको मुल ढोकाबाट एक बृद्धाको मानव सेवा आश्रमबाट उद्धार गरिएको आश्रमले जनाएको छ ।

साउन ३२ गते उद्धार गरिएकी करीब ७५ वर्ष उमेरकी बृद्धा बागलुङ नगरपालिका १२ अमलाचौर उपल्लो सरंगीका स्व विष्णुदत्त सुवेदीकी श्रीमती भएको खुल्न आएको छ भने बानपा ३ गुठीबाट उद्धार गरिएकी अर्की अन्दाजी ६०/६५ वर्ष उमेरकी बृद्धा पर्वत जिल्ला पारीवेनीकी श्रेष्ठ थरकी भएको बुझिएको छ । आश्रमले दिएको जानकारी अनुसार उनिहरुका आफन्त परिवारजन हालसम्म आश्रममा सम्पर्क राख्न आएका छैनन् ।

हिँजो भदौ २१ गते उद्धार गरिएकी करीब ६५वर्ष उमेरकी बृद्धाले आफनो नाम काली क्षेत्री र घर पर्वत जिल्लाको न्वार बताएको आश्रमका संयोजक नवराज केसीले जानकारी दिए । उनी विगत एक वर्षदेखी कालिका मन्दिर ढोकामा बसेर मागी गुजारा गदैँ आएकी र विगत केहि दिन देखी अशक्त भएर एक कुनामा परिरहेको अवस्थामा उद्धार गरी आश्रममा ल्याईएको संयोजक केसीले बताए ।

यसैवीच जिल्ला प्रहरी कार्यालय बागलुङ मार्फत उद्धर गरी भदौ महिनामा आश्रममा आश्रय दिईएकी जैमिनी नगरपालिका जैदीकी २५/२६ वर्ष उमेरकी मधू ढुंगानालाई परिवारजनले केहि दिन पहिले आश्रमबाट बुझिलगेको आश्रमले जनाएको छ । संयोजक केसीले आश्रमले उद्धार गरिएकाहरुलाई उनिहरुको परिवारमा पुनर्मिलन गराउने प्रयास गरिरहेको पनि बताए ।

स्थापनाको छोटो समयमा मानव सेवाको क्षेत्रमा मानव सेवा आश्रमले पुराएको योगदानको चारैतिरबाट प्रशंसा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply