Sorry, that menu does not exist.
 

बडीगाड गाउॅपालिकामा माओवादी केन्द्रको संगठन सुदृढिकरण भेला सम्पन्न

थम्मन थापा सन्देश, बागलुङ २०७४ भदौ २२। नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण, बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत जिल्लाको बडीगाड गाउॅपालिकामा आज भेला सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले देशमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, महिला, दलित महिला निर्वाचनमा अनिवार्य सहभागिता जस्ता एजेन्डा नेकपा माओवादी केन्द्रले अगाडी सारेको भन्दै आगामी निर्वाचनमा जनताले प्रष्ट रुपमा बुझनु पर्ने बेला आएको बताए । उनले गलत हल्लाको पछि नलाग्न कार्यकर्ता तथा जनसमुदायलाई अपिल समेत गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला सह संयोजक राजिव घिमिरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्र बहादुर थापा शिखर, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य कुशुम बुढा र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर परियारले प्रशिक्षण मन्तव्य दिएका थिए ।

सो अवसरमा विभिन्न जनवर्गीय संगठनको समिति गठन गरिएको थियो । जस अन्तरगत मिलन रेश्मीको संयोजकत्वमा १५ सदस्यीय नेकपा माओवादी केन्द्र बडिगाड गाउॅ जनपरिषद, मिलन मगरको संयोजकत्वमा १३ सदस्यीय वाई सि यल, सावित्रा आचार्यको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, ढाल बहादुर विश्वकर्माको संयोजकत्वमा १३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा, मोहन बुढा मगरको संयोजकत्वमा ३ सदस्यीय प्रेस सेन्टर नेपाल, हेम बहादुर थापा मगरको संयोजकत्वमा १३ सदस्यीय मगर मुक्ति मोर्चा, महानन्द घिमिरेको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल किसान संघ क्रान्तिकारी, प्रकाश घिमिरेको संयोजकत्वमा १३ सदस्यीय बुद्वीजिवी संगठन र रामचन्द्र खरेलको संयोजकत्वमा १३ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रममा जिल्लाको तर्फबाट बडीगाड गाउॅपालिकामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान समेत गरिएको थियो ।

प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र बडीगाड गाउॅपालिका ईन्चार्ज झन बहादुर बुढा मगरको अध्यक्षता र सचिव प्रवोध थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply