Sorry, that menu does not exist.
 

गत वर्ष जस्तो फलेन ढोरपाटनमा आलु, ६० मुरी हुने जग्गामा फल्यो जम्मा १५ मुरी !

झरना कँडेल, बुर्तिवाङ २०७४ भदौ २२ । यति बेला ढोरपाटन उपत्यकामा स्थानीय किसानहरुलाई आलुबाली स्याहार्न भ्याईनभ्याई छ । वारीमा आलु खनिरहँदा गत साल जस्तो किसानहरुको अनुहार उज्यालो छ्रैन । स्वादिष्ट आलुको पकेट क्षेत्र मानिने ढोरपाटनमा यस बर्ष आलु उत्पादनमा कमी अएको छ । अधिकांश किसानहरुको मुख्य बाली मानिने आलु यस वर्ष आशा गरेजस्तो उत्पादन नभएपछी किसानहरु निराश छन् ।

ढोरपाटनको माथिल्लो भाग पाखाथरका किसानहरु कुनै कुनै बारीमा ठीकठीकै आलु फलेपनि केहि बारीमा एक दमै कम फलेको बताउछन् । उनिहरुको भनाईमा आलुको दाना पनि गतवर्षहरुमा जस्तो ठुला छैनन, किचरा छन् ।

ढोर पाखाथरकी हिम कुमारी अदैले यस वर्ष आलु गत वर्ष जस्तो फलेन, आलुका दाना मसिना लागेको बताईन् । के कारणले आलु मसिना फले भन्दा अदैले भनिन्, आलुको बोट् छिट्टै सुक्यो त्यसैले राम्रो दाना लाग्न पाएन ।

ढोरको ज्योति विकास विद्यालय आसपासको जग्गामा आलु उत्पादनमा ह्रास आएको सहकर्मी दिलमायाँ अदैले बताईन् । आलुपनि किचरा छन्, धेरैपनि फलेन, दिलमायाँले भनिन् ढोरको बीचको खण्डमा केहि राम्रो भएको किसानहरुले बताएपनि त्यसदेखी तल्लो भेग नवी गाउँमा भने आलु उत्पादन निकै घटेको छ ।

आलुका बोट निकै सप्रिएको थियो, ढोरवासी सबैले यसपालि आलु उत्पादन बढ्ने विश्वास गरेका थिए, अदैले भनिन तर खन्दा आलुको उत्पादन सोँचे जति नभएपछी सबैलाई चिन्ता लागेको छ ।

उता ढोरपाटनकै नवी गाउँका किसानहरु बिगतका बर्षहरुमा करीब ६० मुरी आलु फल्ने स्थानमा अहिले १५ मुरी आलु पनि नफलेको बताउछन् । स्थानीय किसान दिपक बिश्वकर्माले भने अघिल्ला बर्षहरुमा आफुले तरकारी खाएर पनि ४० मुरी भन्दा धेरै आलु बेचेर अर्धबार्षिक खर्च धानेको तर अहिले भने तरकारी खाने त कता हो कता, वीउ राख्ने आलु पु¥याउन धौ धौ भएको छ ।

यसबर्ष आलुमा फुल नफुल्दै पात झरेर बोट मरेकाले आलु उत्पादनमा कमी आएको हुन सक्ने स्थानीय किसान दिपक बिश्वकर्माले बताए ।

अघिल्ला बर्षहरुमा प्रशस्त आलु उत्पादन हुने भएकाले ब्यापारीहरु आलु खरीदका लागी अहिले पनि ढोरमा आएको तर उनिहरु रित्तैहात र्फिकनुपरेको अर्का कृषक ढाल बहादुर बिकले बताए ।

चैतमा रोपेको आलु ढेरपाटनको नवी गाउँमा धमाधम खनी रहेका छन् । बाली स्याहार्ने बेलामा कीसानको खुसी हुने दिन हो तर नबिका किसानहरुलाई बीउ कसरी पु-याउने ?, तरकारी के खाने ? भन्ने चिन्ताले पिरोलेको किसानहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply