महेन्द्र केसी, पर्वत २०७४ भदौ २३ । तीन छोरा छोरीकी २८ वर्षिया आमा गीता नेपाली ६ वर्षकी काखकी छोरी छोडेर श्रीमान सँगै रोजगारीको लागि बहराईन गएको ६ महिना नबित्दै उनको शरीरभरी निला डामहरु देखिए ।उनको श्रीमानले उतै उपचार गराउदा कमाएको पैसा सबै सके । तर गीताको रोग निको भएन । नेपाल मै उपचार गर्ने भनी २ महिना छुट्टी लिएर दम्पति स्वदेश फर्किएर आईन्। विभिन्न अस्पतालमा उपचार गरीन् लाखौ रुपैयाँ खर्च गरीन तर कसैले पनि रोगको पहिचान गर्न सकेनन् । अन्तत भरतपुर स्थित क्यान्सर अस्पतालमा परीक्षण गराउदा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो ।
२ महिनामा रोग निको होला र फेरी विदेश जाउँला र केही कमाउला भन्ने सोचमा रहेकी उनी अहिले डेढ महिनादेखि अस्पतालको बेडमा थलिएकी छिन् । दैनिक जसो रगत र औषधी चढाउनुपर्ने भएपछि आर्थिक अबस्था कमजोर भएको उक्त परिवारमा थप समस्या पैदा भएको छ ।
उपचाररत रहेकी नेपालीलाई स्याहारसुसार गरीरहेकी उनकी कान्छी बहिनी संगिता नेपाली भन्छिन् दिदीको उपचारको लागि दैनिक १५ हजार खर्च हुन्छ । आर्थिक अबस्था कमजोर छ यहाँ त गरीबलाई बाँच्न पनि कठिन हुने रहेछ । लाखौ रुपैयाँ खर्च भैसक्यो, दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदै आएको छ तर अब त औषधी र आवश्यक रगत खर्च गर्नको लागि पनि धौधौ होला जस्तो छ । कसैको सहयोग पाए दिदीले पुर्नजन्म पाउनुहुने थियो । उनले सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरुमा समेत गुहारेकी छिन् ।
उपचारमा आर्थिक अभाव हुन थालेपछि उनले आफ्नी दिदी बचाइदिन भन्दै सहयोगको लागि याचना गरेकी छिन् । आर्थिक सहयोग कतैबाट भए दिदीको उपचारमा ठूलो राहत पुग्नेछ । त्यसैले मानवीय सहयोग गरौ र नेपालीलाई बचाऔं, बहिनी संगिताले भनिन् । आर्थिक संकलन उपचारमा आर्थिक संकट देखिन थालेपछि बहिनी संगिताले सहयोग रसिद तयार गरी आर्थिक सहयो ग जुटाउन हिडिरहेकी छिन् ।
विभिन्न व्यक्ति संघसंस्थाबाट हालसम्म ६०/७० हजार जति संकलन भएको उनले बताइन् । दिदीको बारेमा विभिन्न संघसंस्थामा जानकारी गराएपछि व्यक्ति तथा संघसंस्थाले केहिमात्रमा भएपनि सहयोग गरेका छन् । केहि हदमा भएपनि उपचारमा सहयोग भएको छ उनले भनिन् । दिदीको उपचारमा धेरै रकम खर्च भयो, खर्च अनुसार दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदैछ तर रोग पूर्ण निको भैनसकेकाले आर्थिक सहयोग अतिनै आवश्यक छ । उपचारको लागि रगत, आर्थिक सवैको खाँचो छ । कसैको सानो सहयोगले पनि हामीलाई ठूलो सहयोग हुनेछ, उनले भनिन् । अस्पतालको बेडमा आमा जीवन र मृत्युको दोसाँधमा छिन उनी एसइइ परीक्षाको तयारीमा छन् । उनलाई यो अबस्थामा निकै समस्या छ । घरको आर्थिक अबस्था कमजोर भएका कारण र भएको रकम पनि आमाको औषधी उपचारमा खर्च भएपछि छोरा छोरीपढाई प्रभावित बनेको छ । आमा थलिएर अस्पतालमा भर्नागरे देखि अंकलको घरमा बसेर पढिरहेका छन् । ६ बर्षिया छोरी मिरा आमासँगै अस्पतालमा छिन् । उनको पनि पठनपाठनमा समस्या पैदा भैराखेको छ ।