झरना कँडेल, बुर्तिवाङ २०७४ भदौ २४ । ढोरपाटन नगरपालिका बडा नं १ बुर्तिबाङमा कपास उद्योग सुरु भएको छ ।
सिन्धुली जिल्ला नितपाटन गाउँपालिका स्थाई घर भएका हर्क लामछिाने र अरुण लामिछानेले संयुक्त रुपमा करीब साढे १४ लाख लागतमा कमलामाई कपास उद्योगका नामबाट सञ्चालन गरेका हुन् । उनीहरु एक अर्काका दाजुभाई हुन् । दाजुभाई मिलेर गर्दाखेरी उनिहरुलाई निकै सहज भएको सञ्चालक हर्क लामीछाने बताए ।
बुर्तिबाङमा पहिलो पटक कपास उद्योग सञ्चालनमा आएकोले स्थानियवासी उत्साहित भएका छन् ।
उद्योग बाणिज्य संघ बुर्तिबाङ शाखाका अध्यक्ष चिन्तामणी शर्माले शुक्रबार बिधिवत उद्घाटन गरेर कपास उद्योगलाई शुभारम्भ गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले खेर जाने लत्ता कपडा लाई प्रशोधन गरी आवश्यक सीरक डसना , कुसन लगायतका सामाग्री बनाएर सदुपयोग गर्ने काम गरेकाले सो कार्यको प्रसंशा गर्दै धन्यबाद समेत दिए ।
कार्यक्रममा कमलामाई कपास उद्योग सञ्चालक हर्क लामिछानेको अध्यक्षता समाजसेबी तुल्सीराम अर्यालको बिशीष्ट आतिथ्यता तथा समाजसेबी ज्ञान प्रसाद कंडेलको सञ्चालन रहेको थियो ।