Sorry, that menu does not exist.
 

वामी टक्सारमा आयोजित ३ दिने नि:शुल्क स्वास्थ्य शिविरमा ३ हजार भन्दा बढी लाभान्वित !

कमल पौडेल, गुल्मी (वामी )२०७४ भदौ २४ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वामी टक्सारमा सन्चालिन तीन दिने निशुल्क स्वास्थ्य शिविरमा ३ हजार ३ सय ८६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा उपचारार्थ उर्लिएको जनसागरलाई हेर्दा यस क्षेत्रमा यो शिविर अत्यन्तै सफल र प्रभावकारी मानिएको छ ।

शिविरमा उपचारार्थ आउनेहरुमा गुल्मी जिल्लाका २७ सय २७ जना, बागलुङ जिल्लाका ६ सय ५९ जना तथा अन्य जिल्लाका ४ जना रहेका छन् ।

ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसियसन के ए ए ए को संयुक्त प्रायोजनमा मुसिकोट नगरपालिका ७ वामीमा चलेको ३ दिने निशुल्क स्वास्थ्य शुक्रवार सकिएको हो ।

शिविरको तेश्रो (अन्तिम) दिन शुक्रवार मात्र ११ सय ७७ जनाको स्वास्थ्य परिक्षण गरिएको भने पहिलो दिन ७ सय ६३ जनाको स्वास्थ्य आयोजकले जनाएको छ ।

तीन दिवसीय शिविरमा पहिलो दिनमा ७ सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

जस अन्तर्गत १७ सय ६७ जनाको साधरण स्वास्थ्य परिक्षण गरिएको थियो। त्यस्तै शिविरमा ११ सय ६८ जनाको आँखा परिक्षण गरिए मध्य ८३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। त्यस्तै ४ सय ८६ जनाको दाँतको परिक्षण गरिएकोमा २ सय ३० जनाको शल्यक्रिया गरिएको छ। ४ सय ८४ जना महिलाको स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण गरिएकोमा १६ जनाको साधारण शल्यक्रिया सहित उपचार गरिएको गोर्खा वेयलफेयर एरिया अफिसर गम वहादुर थापाले इबागलुङलाई बताए । थापाका अनुसार शिविरमा २७ दिनको वच्चा देखि ९५ वर्ष सम्मका वृद्धको उपचार गरिएको छ ।

गोर्खा वेयलफेयर एरिया अफिसर गम वहादुर थापा संग सहकर्मी कमल पौडेल कुराकानी गर्दै
महेन्द्र आदर्श माविको प्रांगणमा भएकोे सो शिविरमा स्वास्थ्य परिक्षण, आँखाको मोतीयाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्री सम्बन्धि रोगको निशुल्क परिक्षण गरिएको थियो भने औषधि पनि निशुल्क उपलब्ध गराइएको थियो । मोतिया विन्दुको प्रा.डा. सल्मा केसी राई नेतृत्वको टोलीले शल्यक्रिया गरेको एरिया अफिसर थापाले जानकारी दिउ ।

शिविर समापन समारोहमा शिविरमा सहभागि डाक्टर, सहयोगी संस्था तथा व्यावस्थापनमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

गोर्खा वेयलफेयर एरिया अफिसर गम वहादुर थापा संग सहकर्मी कमल पौडेलले गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply