Sorry, that menu does not exist.
 

जागरण युवाक्लवले उत्तरगंगा माबिका ४ जना विद्यार्थीलाई नि:शुल्क पढाउने !

सुमन सुनार, बुर्तिबाङ २०७४ भदौ २४ । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा रहेको सामाजीक क्लव जागरण युवाक्लवले बुर्तिबाङ स्थीत उत्तरगंगा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यायनरत ४ जना विद्यार्थीलाई निशुल्क पढ्न पाउने ब्यवस्था गरेको छ ।

कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरु मध्य ४ जना गरिव तथा जेहेन्दार विद्यार्थी छनोट गरि क्लवका तर्फबाट शैक्षिक सत्र २०७४÷०७५ का लागी क्लवको आफ्नो खर्चमा निशुल्क पढ्न पाउने ब्यवस्था गरिएको क्लवका सचिव झम सिर्पालीले बताए ।

जस अनुसार कक्षा ११ मा शिक्षा संकाय तर्फ अध्यायनरत विद्यार्थीहरु खीमलाल विश्वकर्मा, विकाश कुवँर र छनबहादुर कुँवर र कक्षा ११ मै विज्ञान संंकाय तर्फ अध्ययनरत विद्यार्थी हिमाल कुवँर गरि ४ जना विद्यार्थीका लागी ब्यवस्था मिलाईएको क्लव सचिव सिर्पालीले जानकारी दिए । यी ४ जना विद्यार्थीको पढाईमा लाग्ने खर्च क्लवले उठाउने भएको सिर्पालीको भनाई छ ।

सिर्पालीका अनुसार शनिबार विद्यालयमै पुगी एक कार्यक्रमका विच उनिहरुलाई छात्रबृत्ती वितरण समेत गरिएको छ । शिक्षा शंकाय तर्फ अध्यायनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी नगद ३ हजार र विज्ञान शंकाय तर्फका विद्यार्थीलाई नगद ५ हजार गरि नगद रु १४ हजार रुपैया छात्रबृत्ती वितरण गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष थमनाथ पौडेल, सचिव झम सिर्पाली, उपाध्यक्ष दिपेन्द्र छन्त्याल लगायत क्लवका पदाधिकारीहरुको विशेष उपस्थीतीमा उक्त छात्रबृत्ती वितरण गरिएको हो ।

२०७३ सालमा स्थापना भएको यस क्लवले बिभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएको छ । क्लवले शैक्षिक सत्र २०७३÷०७४ मा पनि उत्तरगंगा माध्यमिक विद्यालयमा अध्यायनरत ६ जना विद्यार्थीहरुलाई क्लवकै खर्चमा निशुल्क रुपमा पढ्न पाउने ब्यवस्था मिलाएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply