बागलुङ २०७३ माघ ९ । उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै त्यस्को विरोधमा सरकारी वकिलहरुले आईतवार विहान १० बजेदेखी अदालत बहिष्कार गर्ने भएपछी अदालतमा विचाराधीन रहेका विभिन्न प्रकारका मुद्दाहरुको बहस पैरवी प्रभावित हुने भएको छ ।
महान्यायाधिबक्ताको कार्यालय र त्यस अन्तर्गतका चार ट्रेड युनियनले गत शुक्रबार न्यायाधीश नियुक्तीको निर्णय नसच्याएसम्म अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरे बमोजिम आज देखी महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिलहरु र यस निकटचार ट्रेड युनियनहरुले सर्वोच्च अदालत लगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवी लगायत कार्य बहिष्कार गर्ने भएका हुन् ।
बागलुङ सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता रामचन्द्र शर्माले केन्द्रमा कुरा गर्दैछु, बहिष्कार गर्ने निर्णय भए जिल्लामा पनि बहिष्कार गर्छौ भनी बताए ।
सरकारी वकिलहरुले अदालत बहिष्कार गर्दा अदालतमा विचाराधीन मुद्दाहरु प्रभावित हुने भएनि त ? भन्ने प्रश्नमा उनले भने, सरकारवादी मुद्दा त प्रभावित हुन्छन नै, अरु मुद्दाहरुमा पनि असर पर्छ ।
उता, बागलुङ उच्चअदालत बार ईकाईका अध्यक्ष केशवराज पराजुलीले प्राईभेट वकिलहरुले उच्च अदलतमा हालै गरिएको न्यायाधीश नियुक्ती प्रकरणलाई लिएर अदालत बहिष्कार गर्ने कुनै निर्णय नगरेकाले हामी अदालती काम कार्वाहीमा सहभागी हुन्छौँ भनी बताए ।