Sorry, that menu does not exist.
 

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अमर माविमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम

बागलुङ २०७४ भदौ २५ । बिहुकोट, अमर माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गर्ने, विद्यालय गुरूयोजना निर्माण तथा आगामी योजनाका सम्वन्धमा छलफल गर्न शिक्षक, कक्षा १ देखि १० मा अध्ययनरत विद्यार्थी हरूका अभिभावक हरू, विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ विच सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावक विच गुणस्तर सुधार गर्न आ९आफ्नो क्षेत्रवाट गर्नुपर्ने कार्यहरूको विच गम्भीर रूपमा छलफल गरिएको थियो । खुल्ला र बन्द सत्रमा विभाजन गरिएको उक्त कार्यक्रममा बन्द सत्रको सत्रको सहजिकरण तहगत रूपमा गरिएको थियो । जस अन्तरगत मा वि तह ९कक्षा ९ र १०० तहको सहजिकरण तह संयोजक गणेश प्रसाद कँडेल र मा वि तहका शिक्षकहरूले गर्नु भएको थियो भने आधारभुत ९६९८० तहको सहजिकरण संयोजक शिक्षक राधा शर्मा र प्रावि ९१९५० तहको सहजिकरण प्रावि तह संयोजक शिक्षक शिललाल शर्मा र अन्य शिक्षकहरूले गरेका थिए ।

कार्यक्रममा अभिभावकहरूवाट शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नका लागि गणित अङ्ग्रेजी र विज्ञान विषयको कोचिङ कक्षा सञ्चालन गर्ने, कमजोर विद्यार्थी लाई विषेश समुहमा राखेर अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने, आगामी दिनमा अभिभावक भेलालाई निरन्तरता दिनुपर्ने, विद्यार्थी हरूलाई आवश्यक शैक्षिक पृष्ठपोषण तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने, शिक्षक अभिभावक वित्र मैत्रीपूर्ण वातावरणको सिर्जना गरि गलत वाटोतिर अग्रसर विद्यार्थी हरूलाई सहिबाटो तर्फ ल्याउनुपर्ने जस्ता सुझाव पाप्त भएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक भीष्म कँडेलले शैक्षिक स्तरको वृद्धि गर्न विद्यालयवाट मात्रै संभव नहुने भन्दै अभिभावकहरूको समेत सहयोग चाहिने स्पस्ट पारेका थिए ।

सो कार्यक्रममा सहायक प्रअ रघुपति शर्मा वि व्य स सदस्य प्रेम वहादुर पुन, खगिसरा न्यौपाने, कोपिला पून, नन्दलाल वि क, पुर्व वि व्य स सदस्य भिम वहादुर वि क, पुर्व शि अ संघ का सदस्य डिल वहादुर वि क, विद्यार्थी प्रतिनिधि कक्षा १० का छात्र पुर्णश्वर कँडेल, कक्षा १० कि छात्रा चन्द्रा कँडेल लगायतका वक्ताले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष तुलसी राम कँडेल को सभापतित्व, शिक्षक राधा शर्मा पौडेलको स्वागत मन्तव्य, शिक्षक गणेश प्रसाद कँडेलको सञ्चालन भएको उक्त कार्यक्रममा करिब २५० जना अभिभावक हरूको उत्साहजनक उपस्थिति रहेको विद्यालयका सुचना अधिकृत शिक्षक दामोदर पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply