Sorry, that menu does not exist.
 

क्षयरोगीहरुको अवस्थाका विषयमा समीक्षा गोष्ठी : बडीगाड गापामा सवभन्दा बढी क्षयरोगी !

राम सुवेदी, बुर्तिवाङ २०७४ भदौ २६ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले पश्चिम क्षेत्रका ३ गाउँपालिका र १ नगरपालिकालाई एकै ठाउँमा राखेर क्षयरोगका विरामीको अवस्थामा विषयमा समीक्षा गोष्ठि सम्पन्न गरेको छ ।

जिल्ला तथा पश्चिम बागलुङका ४ स्थानीय तह तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका क्षयरोगका विरामीहरुमा सबैभन्दा बढी बडिगाड गाउँपालिकामा रहेको जनस्वास्थ्य कार्यालयले तथ्याँक सार्वजनिक गरेको छ ।

समीक्षा गोष्ठीमा पश्चिम बागलुङका ४ स्थानीय तहमा रहेका १८ स्वास्थ्य संस्थाका ईञ्चार्ज तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा आयोजना गरिएको उक्त समिक्षा कार्यक्रममा स्थानीय तहमा क्षयरोगको अवस्था, न्यूनिक।णका लागि स्वास्थ्य संस्थाले गरेका प्रयास,नेपाल सरकारको राष्ट्रिय रणनैतिक योजना र वर्तमान अवस्थाका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका क्षेय कुष्ठरोग निरीक्षक देव प्रकाश घिमिरेले जानाकारी गराएका थिए ।

घिमिरेले प्रस्तुत गरेको तथ्याँक अनुसार बागलुङ जिल्लामा आर्थिक वर्ष ०७२÷०७३ मा १ सय ५६ जना क्षेयरोगका विरामी रहेका र ती मध्ये ८३ जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गराउनै पर्ने विरामी रहेका छन् ।

यस्तै जिल्लाकै क्षयरोग तथ्याँकमा पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा सबै भन्दा बढी क्षयरोगका विरामी रहेका छन् । जहाँ ४९ जना क्षेयरोगका विरामी तथा ती मध्ये ३० जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गराउनु पर्ने विरामी रहेका छन् ।

पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा ९ जनामा क्षयरोग देखिएको र ती मध्य ३ जना नियमित औषधि सेवन गराउने पर्ने विरामी देखिएका छन् । तमानखोला गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको छ भने ती मध्ये ३ जनाले नियमित औषधि सेवन गराइरहेका छन् । यस्तै ढोरपाटन नगरपालिकामा १३ जना क्षयरोगी देखिएका छन भने ६ जनाले नियमित औषधि सेवन गराइरहेको बताइएको छ ।

क्षयरोग किटाणु हरेक नागरिकमा ४० प्रतिशत हुने राज्यको तथ्याँक छ । यसर्थ नेपाल सरकारले नेपाललाई क्षयरोग महामारीका रुपमा लिएको र सन २०१४ देखि महामारी वर्षका रुपमा न्यूनिकरण अभियान सुरु गरेको छ । राज्यले नै सन २०१७ सम्म नेपालबाट ५० प्रतिशत क्षयरोग संक्रमण निदानको लक्ष्य अघिसारेकोले हरेक स्वास्थ्य संस्थाले यो अभियानलाई सार्थकरुपमा सफल पार्नुपर्ने दायित्व भित्र रहेको बताइएको छ । सन २०२० सम्म शतप्रतिशत संक्रमण निदान तथा २०५० सम्ममा महामारी अत्यको घोषणा गरिएको पनि जानाकारी दिईएको छ ।

क्षयरोग स्वासप्रस्वासका माध्यमबाट एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने भएकाले यो रोग लागेको एक जना क्षयरोगीले १० जनालाई सार्न सक्छ । रोगको निदानका लागि हरेक नागरिकले जुनसुकै बेला आफ्ना पायक पर्ने हरेक स्वास्थ्य संस्थामा पुगेर निशुल्क खकार परीक्षण गराउन सक्ने छन् । यदी संक्रमणको शंकालागे निशुल्क औषधिको व्यवस्था समेत नेपाल सरकारले व्यवस्था गरिदिएको जनस्वास्थ्य प्रमुख दिपक तिवारीले बताए ।

यो रोग एचआइभी पोजेटिभ भएका विरामीहरुमा अनिवार्य हुने र क्षयरोग र एचआइभी पोजेटिभ भएका विरामी भएमा उनीहरुलाई बढी निगरानीमा राखेर उपचार गराउनु पर्ने स्वास्थ्य कर्मीहरुको भनाई छ । हरेक नागरिका लागि अव स्वास्थ्य संस्थाहरुले क्षयरोग तथा एचआइभि परीक्षण अनिवार्य गर्ने अभियान स्थानीय तहमा सञ्चालन गर्न आवश्यक रहेको जनस्वास्थ्य प्रमुख तिवारीले बताए ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले, जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी आफ्नो दायित्व र कर्तव्य संझेर इमान्दार कार्यक्षेत्रमा खटन निर्देशन दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख करमती पुन, निसीखोला, बडीगाड तथा तमानखोला गाउँपालिकाका स्वास्थ्य संस्था ईञ्चार्ज, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

जनस्वास्थ्य प्रमुख दिपक तिवारीको अध्यक्षता, नगर प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब रुतुवर्ण पौडेलको स्वागत मन्तव्य तथा जनस्वास्थ्य तथ्याँक सहायक घनश्याम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply